(लघुसमीक्षा)
आफ्नै आँखामा आफ्नै रचना
सरण राई
मानव सभ्यताकाे इतिहासमा मानिस जति विकसित वा मानव ज्ञान,सीप र सरसामानहरूकाे आविष्कार हुँदै गयाे, मानिसका व्सस्तता वा क्रियाकलाप पनि बढ्दै र फेरिदै गएकाे छ । विशिष्टिकृत जीवन पध्दत्तिले हर क्षेत्रमा विशिष्टता थप्दै छ । यस क्रममा स्रष्टाले नै आफ्नाे रचनाकाबारेमा शिसुकी जन्मदाता आमालाई शिसुबारे सबैभन्दा बढि चाख र बढि जानकारी भएझैँ आफ्नो रचनाबारे थाहा हुने भएकाले स्रष्टाले आफ्नाे रचनाबारे बाेल्दा आफै मपाई भएकाे मान्न हुँदैन । रचना बुझ्न सहज हुन्छ ।
मेराे भर्खर प्रकाशित फुली कथा सङ्ग्रहबारे आफैलाई लागेकाे मनका कुरा पाठकसमक्ष राखेर हल्का हुने जमर्काे गरिरहेकाे छु ।
फुली कथा सङ्ग्रहकाे सुरुमा नै "नाैरङ्गी"अवधारणा (कन्सेप्ट) राख्नुकाे तात्पर्य कथाहरू यही आधारमा बुनिएका हुँदा कथाहरूका मर्म बुझ्न प्रिय पाठकहरूलाई सहज हाेस् भन्ने मनसाय हाे ।
जीवन साेचे चाहेजस्ताे नहुँदाे रहेछ, अनेक घुम्ती र माेडहरूमा अनपेक्षित बदलाव आउँदाे रहेछ । यस्ता घटनाहरूले सप्तरझ्गी जीवनलाई नाैरङ्गी बनाउन सक्छ । नाैरङ्गी जीवनमा पनि जिजीविषाकाे अदृश्य नवाैं रङले रङ्गिएर मानिस बाँचिरहनु र जीवन भाेगाइ व्याख्या ! कथाका मर्म हाेला कि ! वा पाठकले कथाहरूलाई जसरी अर्थ्याउनु हुन्छ, बुझ्नु हुन्छ, उहाँहरूकाे अधिकार हाे । त्याे नै सही हुन्छ ।
फुली कथा मैले किन लेखेँ ? आफूभित्र दन्किरहेकाे वेदना, पीर र शून्यता रित्ताउन वा पाेख्न लेखेकाे हुँला कि ! हुन पनि याे कथा लेख्दा म आँसुले भिज्थे ,जब आँखा नै रुन थालेपछि लेख्न नसकि कलम छाड्थे । जाे लेख्न चाहन्थे, ब्रेक हुन्थ्याे ।राेई राेई अब लेख्दिनँ भन्ने भएर लेख्न छाडेकाे बेला विवीमायाले लेखिसक्नुहाेस् भनेर प्राेत्साहन र प्रेरणा दिन्थिन् ।फेरि लेख्न थाल्थे,फेरि त्यस्तै हुन्थ्याे ।त्यसैले कष्टसाथ एक महिनामा मात्र कथा लेखिसकेँ ।
मेरा कथाहरू म आफै टाइप गर्छु । टाइप आफैले गर्दा कथालाई परिस्कार गर्न पाइन्छ, त्रुटी थाहा हुन्छ र सुधार गर्न सकिन्छ । टाइप गर्न त थालियाे तर फेरि "उहीँ रूप" । टाइप गर्नुभन्दा मन रुने धेर । त्यसैले टाइप गर्न पनि एक महिना नै लाग्याे ।
याे कथा उत्कृष्ट र सुन्दर बनाेस् भन्ने चाहनाले कथा क्षेत्रमा राम्राे सैलीका कथाकार बहिनी रीता ताम्राकारलाई सुझावका लागि इमेलमा कथा पठाएँ । उहाँका सुझावअनुसार परिस्कार पनि गरेँ र फुली कथाले पूर्ण रूप धारण गर्याे ।
कथा त जन्मियाे अब छाप्ने कसरी ? बाह्रखरी उत्कृष्ट कथामा छाप्न पाए... नियम १०००देखि ४०००सम्मकाे शब्दसीमा । कथा "फुली" ६३३५शब्द काे । मेराे जीवनकालमा नै छापियाेस् मेराे चाहना । पत्रिकाले लामाे भएकाेले छाप्ने सम्भावना नभएर कतै पठाइन । आफै छाप्ने । तर एउटा कथाकाे सङ्ग्रह हुँदैन । पुराना कथा खाेज्दा केही भेटिए । "वश" कथा हुन त अनलाइन अनलाइन पत्रिकामा छापिँदा-- कथाकाे हुर्मत ! कहाँ अन्तिम घडिमा रहेकाे बिरामी !"एनिमा"लाई ऐना हेरेकाे बनाएर कथाकाे मर्म सत्यानास भएकाेले साे सपार्न पनि फुली आफ्नै खर्चमा छाप्नु पर्याे ।
अझै सङ्गग्रह बनाउन एक दुई वटा लेखेँ । राजनैतिक कथा हटाउदा १० वटा भयाे । एउटा ४पृष्टकाे "मायाहरू"कथा लेखेँ र ११ वटाकाे सङ्ग्रह तयार पारेँ ।
"मायाहरू" अति छाेटाे भएर पनि उत्कृष्ट कथा बनेकाे छ , पाठकहरूले करिब ५/७ मिनटमा पढि सक्छन् तर त्याे कथाले पार्ने प्रभाव भने ५/७ मिनट भन्दा बढि नै पाठककाे मनमा रहीरहनु वा पाठकलाई केही बेर साेचमग्न बनाउन सक्नु कथाकाे उत्कृष्टता भएकाे छ ।
क्रमश:
२०७७ चैत १४,१५,१७

No comments:
Post a Comment