Total Pageviews

Saturday, April 1, 2017

कथाकारकै दृष्टिमा ‘अन्तिम स्वीकारोक्ति’का कथाहरू


‘अन्तिम स्वीकारोक्ति’' (कथा सङ्ग्रह)




कथाकारकै दृष्टिमा
‘अन्तिम स्वीकारोक्ति’का कथाहरू

सरण राई

१.कुन कस्तो स्थितिमा लेखिएका थिए ?
१.१ बिहानको प्रतीक्षामा — भारतको नक्सलवादि बिद्रोह उत्कर्षमा रहेको बेला नक्सलवादि पत्रिकामा छापिने शोषणबिरोधी कथाबाट प्रभावित भएर लेखिएको मेरो पहिलो प्रकाशित कथा हो । यस कथाको शिर्षक मित्र गाेबिन्द बिकलको सुझाव अनुसार राखिएको हो ।
१.२. ब्लाकबोर्ड, चक र डस्टर— तिलक थाङदेनलाई भेट्न गएको बेला उनले “१५ मिनट बस्दै गर्नुस” म आईहाल्छु भनेकाले त्यो १५ मिनट समय काट्न परीक्षाको थप उत्तर पुस्तिकामा लेखेको थिएँ । शिक्षकहरूले यो कथा निकै मन पराएका छन् ।
१.३.सम्झनामा जीवित अवशेष— युवाअवस्थामै मृत सालीको सम्झनामा लेखिएको हो ।
१.४. अन्तिम स्वीकारोक्ति— २०६२/६३को जनआन्दोलनलाई समर्थन गर्न लेखिएको हो र चैतको २४ गतेदेखि जनआन्दोलन गर्ने घोषणा गरिएको थियो भने चैतको पहिलो हप्ता ‘दृश्य नेपाल’ मा यो कथा उपयुक्त समयमा छापिएको थियो ।त्यसैले यो एउटा ऐतिहासिक कथा हो |
यो सङ्ग्रहमा छापिएका १६वटा कथाहरू अलग विषय बस्तु र अलग अलग बुनोट भएका फरक फरक विशेषता बोकेका कथाहरू भए पनि ओझेलमा परेका छन् । साझा प्रकाशनले छापे पनि साझा प्रकाशनका कुनै पुस्तक पसल र पुस्तक प्रदर्शनीमा पाठकले देख्ने गरी यो पुस्तक राखिदैन । प्रचार प्रसार गर्ने त कुरै छैन । आफूसँग वर्ग, जात, दल र केमेष्ट्रि नमिलेको लेखकको पुस्तक किन्ने वा पढ्ने चलन नेपालमा छैन । त्यसै भएर २०६६मा छापिएको ११०० थान पुस्तक बिक्री हुन नसकि दोस्रो संस्करण निस्किने सुरसार केही छैन । तापनि यस सङ्ग्रहमा रहेका केही कथाहरू अमर छन् । यस सङ्ग्रहको अन्तिम कथा ‘पुरानो पात’ विश्व कथा स्तरकै हुन सकेको छ । ढिलोछिटो कुनै दिन यी कथाहरूको मूल्याङ्कन होला भन्ने आशा गरेको छु ।
(क्रमश )