Total Pageviews

Sunday, September 25, 2016

जीवन र अग्रगमनबारे लेख्ने नै उत्कृष्ट हुन्छ

जीवन र अग्रगमनबारे लेख्ने नै उत्कृष्ट हुन्छ

सरण राई

साहित्यकार सरण राईको जन्म भोजपुरको छिनामखुमा विक्रम सम्वत २००४ चैत्र २४ गते सोमबार भएको हो । धरान १९/१३९ ठेगाना हुनु भएका राईको माता शिवमाया राई र पिता मछिन्द्रबहादुर राई हुनुहुन्छ । उहाँका प्रकाशित कृतिमा केही कथा केही कविता (सहलेखन), साथी (निबन्धसङ्ग्रह), मानव संसार (उपन्यास), अन्तिम स्वीकारोक्ति ( कथासङ्ग्रह), उडान युवा मनको (इन्टरनेटमा मात्र प्रकाशित उपन्यास) हुन् भने अर्को उज्यालो (कथासङ्ग्रह) प्रकाशोन्मुख कृति हो । राष्ट्रिय शिक्षा पुरस्कार (२०४७), त्रिभुवन विश्वविद्यालय दीर्ध सेवा पदक (२०५२) र भानु रचना पुरस्कार (२०७१)जस्ता पुरस्कारबाट सम्मानित राई भन्नु हुन्छ – “जीवन, निर्माण, अग्रगमन र उजयालोको पक्षमा लेख्ने लेखक मानव सभ्यताका आकाशमा सधैं चम्किरहन्छ ।’ प्रस्तुत छ विमोचन मासिक पत्रिकाका लागि अरुणबहादुर खत्री ‘नदी’ले उहाँसँग गर्नुभएको कुराकानी –


 साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ ?
—साहित्य र स्रष्टाप्रति राष्ट्रको गहन जिम्मेवारी रहन्छ । साहित्य र स्रष्टाले जनताको चरित्र, स्वभाव र क्रियाशीलता निर्माणमा उल्लेख्य भूमिका खेल्छ । साहित्यलाई राष्ट्र, विश्व शान्ति र मानवीयताको पक्षमा राष्ट्रले प्रयोग गर्ने कोसिस गर्नु राष्ट्रको जिम्मेवारी हो भने घरभित्र एउटा अभिभावकले  जस्तै  स्रष्टाको हेरविचार राष्ट्रले गर्नु पर्दछ ।
लेख्नुपर्ने वाध्यता कतिबेला महसुस हुन्छ ?
    —जब समाज, देश र मानिसहरूको जीवनमा विपत्ति देखिन्छ, परोक्ष केही गर्न नसकिने अवस्थामा लेखेर केही बाटाहरू खोज्न सकिएला कि ! विवशताले लेख्न कर लगाउछ ।
तपाईको साहित्यिक आदर्श चाहि के हो ?
    —मानिसहरूका मनमा जीवनप्रति आस्था जगाउनु हो । जो जीवनको माया गर्छ, उसले अन्याय,अत्याचार वा नराम्रो काम गर्दैन । जीवन बाँच्ने सहज परिवेश निर्माणमा योगदान गर्छ ।
वर्तमानमा नेपाली लेखकले आफ्नो दायित्वलाई बहन गर्न सकेका छन् कि छैनन् ?
—वर्तमानमा नेपाली लेखकले आफ्नो दायित्व धेरै अंशमा बहन गरिरहेका छन् । साहित्यमा बिभिन्न धार र प्रभावहरू छन् । कोही साहित्यकारहरू गलत धार र प्रभावहरूमा परेका देखिन्छन । रङ्गी बिरङ्गी हुनु साहित्यको विशेषता भएकोले लेखकले आफ्नो दायित्वलाई बहन गर्दा पनि एकरूपता हुनु पर्ने हुँदैन । 
आफ्ना कृतिबारे गरिएको समालोचना र मूल्यांकन ठीक छ जस्तो लाग्छ कि लाग्दैन ?
— मेरा  कृतिबारे समालोचना र मूल्यांकन भएकै छैन तसर्थ ठीक लाग्ने वा नलाग्ने कुरा भएन । अहिलेको विडम्बना आफ्ना कृतिबारे समालोचना र मूल्यांकन गराउन पनि ठुलै शक्ति लगाउनु पर्ने रहेछ । मसित त्यस्तो शक्ति केही छैन र मलाई मेरा  कृतिबारे समालोचना र मूल्यांकन नभएकोमा कुनै गुनासो छैन । मेरो काम लेख्ने हो, कसैले पढेर केही ग्रहण ग¥यो भने मेरो लेखन सफल भएको ठान्छु ।
अहिले र पहिलेको साहित्यलाई तुलना गरी हेर्नुपर्दा कस्तो भिन्नता पाउनुहुन्छ ?
—धेरै भिन्नता छ । पहिला आफूले चाहेजस्तो लेख्न सक्ने वातावरण थिएन । अहिले जे विषयमा पनि र जस्तो पनि लेख्न सकिन्छ  । पंचायत नै रहेको भए म लेखक हुन्नथे । साझाले मेरो कथा सङग्रह ‘अन्तिम स्वीकारोक्ति’ पनि छाप्तैनथ्यो । अहिले लेखकहरूलाई लेख्ने स्वतन्त्रता छ । तर कहिलेसम्म रहने हो ? त्यो भने अन्यौलग्रस्ट बन्न थालेको देखिन्छ ।
तपाईंको विचारमा अब कस्तो साहित्य लेखिनुपर्छ जस्तो लाग्छ ?
—अब लेखिने साहित्य दुखी मानिसहरूको जीवनमा उज्यालो ल्याउने किसिमको हुनुपर्छ । असल राजनीति, रोजगारीमूलक शिक्षा, सिकाइ सिप इलम ,उन्नत संंस्कृति र समाज र स्थाइ विश्व शान्तिका लागि उतप्रेरित गर्ने साहित्य लेखिनुपर्छ ।

पठनपाठन र लेखनमा रुचि बढाइदिने कोही थिए ?
—थुप्रै साथी भाइहरू, शिक्षक, आमाबुबा र अभिवावकहरू थिए । सानैको साथी गणेश रसिक, फूफु नरदेवी राई, रामनाथ तामाङ, परशु प्रधान, शंकर श्रेष्ठ, नरेश शाक्य, बद्री पलिखे, बेणु आचार्य, अनिल पौडेल, पिता मछिन्द्रबहादुर राई लगायत  थुप्रै साहित्यकारहरूको प्रेरणा मैले पाएको छु ।

तपाई आफ्ना कृतिहरुबाट कतिसम्म सन्तुष्ट हुनुहुन्छ ? असन्तुष्टिका बीच आगामी प्रकाशन कस्ता आउँदै
छन् ?
—केही सन्तुष्ट छु । केही नहुनु भन्दा केही कृति प्रकाशित छन् । आगामि प्रकाशन मेरो एएटा कथा सङ्ग्रह ‘अर्को उज्यालो’  १४वटा कथाहरूको अंग्रेजी अनुवाद  Another Ray of  Sunshine  र एउटा कविता सङ्ग्रह ‘ओइलिने फूल’ तयार छ, प्रकाशकको खोजी गर्दै छु । एउटा उपन्यास लेख्ने क्रममा छु ।
साहित्यकार नभएको भए के हुने सम्भावना थियो ?
—राजनीतिमा जीवनभर संलग्न भइयो । सिद्धान्त र विचारमा आस्था थियो । राजनीति न्यायका निम्ति, शोषितहरूका मुक्तिकालागि , प्रजातन्त्र प्राप्तिका लागि, लोकतन्त्र प्राप्तिका लागि र गणतन्त्र प्राप्तिका लागि थियो । त्यसैका लागि आफ्नो व्यक्तिगत फायदाहरू पनि त्यागेर लागियो । गणतन्त्र प्राप्त भइसकेपछि राजनीतिमा भयङ्कर स्खलन आएको छ, फोहोरी भएको छ । सरकारमा पुगेर कमाउने भन्दा अर्को लक्ष्य केही छैन । राजनीति अहिले देश र जनताको लागि नभएर एउटा निकृष्ट गुठगत, दलगत र सम्प्रदायगत स्वार्थमा अल्झिरहेको छ  । यो ठूलो दुर्भाग्य  अहिले देशले झेलिरहेको छ । यसबाट उन्मुक्ति पाउनका लागि  देशभक्त, इमानदार र न्यायप्रेमी मानिसहरू लागिरहेका छन् । म पनि साहित्यको माध्यमबाट यो राजनैतिक कार्य गरिरहेको छु । साहित्यकार नभएको भए म सायद समाजसुधारक हुन्थे होला कि !

लेखकीय जीवनबाट कहिलेकाही निराश त हुनुभएको छैन ?
— लेखकीय जीवन मैले अवकाशप्राप्त भएपछि स्वेच्छाले अङ्गालेको हुँ ।  अब कति नै बाँचिएला र ! राणा शासण, पञ्चायत, बहुदलिय र गणतन्त्र चार प्रकारको व्यवस्था भोगि सकियो । अहिलेको अवस्था सन्तोषजनक नभए पनि  देशलाई कसैले पनि आफ्नो स्वार्थको मुट्ठीमा सधैं कैद गर्न सक्तैन  । जनताले चाहेको त्यो दिन आइरहेको छ  । तसर्थ म निराश छैन ।

अहिले लेखनप्रति केले प्रेरणा दिइरहेको छ ?
     — निकृष्ट गुठगत, दलगत र सम्प्रदायगत स्वार्थमा अल्झिरहेको राजनीतिका बिरुद्ध इमानदार र न्यायप्रेमी मानिसहरू लागिरहेका छन् । म उनीहरूलाई सहयोग गर्न लेख्छु । समस्याहरूबाट निकास नपाएर निराशामा डुबेकाहरूको मनमा उत्साह, जाँगर र जीवनप्रति आस्था जगाउनका लागि लेख्छु । यो क्षणिक जीवन मानिसहरूले बुझेर राम्ररी उपयोग गर्ने प्रेरणा पाउन् भनेर लेख्छु ।
लेख्न बस्दाको तयारी र लेख्ने दैनिक तालिकाका बारेमा केही भनिदिनुस् न ?
— मलाई अहिले फुर्सदै फुर्सद छ । यो फुर्सद आफ्ना लागि म आफैले सृजना गरेको हुँ । मन परेको कुरा गर्छु, मन नपरेका कामहरू म भर्सक गर्दिनँ । लेख्नकालागि म कुनै तयारी गर्दिनँ । तयारी गनुपर्ने कुरा डा.ध्रुवचन्द्र गौतमलाई भेटेपछि थाहा भयो । मेरो लेख्ने दैनिक तालिका पनि छैन । मन लागेको बेला लेख्छु । तर एउटा उपन्यास लेख्ने क्रममा छु , त्यसका लागि भने लेख्ने दैनिक तालिका वा तयारी गर्नु पर्ने भएको छ ।
कस्तो लाग्छ लामो समय लेखनमा बिताई बस्दा ?
—लेखन एउटा नसा पनि रहेछ । जब चित्त बुझ्दैन वा चित्त बुझ्छ त्यो भाव र अनुभूति सबैसामु प्रकट गर्न मन लाग्छ र राम्ररी प्रकट गर्न सकियो भने सुख  अनुभव हुन्छ । मैनबत्ति जल्दैछ, उज्यालो दिँदैछ तर मैनबत्तिको आयु सकिदै छ । त्यस्तै रहेछ मानव चोला ... केही गरिरहे पनि वा केही नगरीरहे पनि आयु घटिरहेकै हुन्छ । यस्तो अवस्थामा लामो समय लेखनमा बिताइ सक्दा  अविरल सकिइरहेको समय केही सदुपयोग गरेझैँ लाग्छ ।
लेख्दा कस्तो वातावरण चाहिन्छ ?
—एकान्त र शान्त वातावरण चाहिन्छ ।
लेख्ने विषयवस्तु कसरी आउछ दिमागमा ?
— लेख्ने विषयवस्तु थुप्रै छन् । सबै लेख्न सम्भव हुँदैन । तीमध्ये आफ्नो रुचीको विषय छान्नु पर्छ । ती लेख्ने विषयवस्तु पनि सधैं दिमागमा आउदैन । कुनबेला आउँछ, ध्यानमा राखेर लेख्नु पर्छ । जबर्जस्ती लेख्न सकिदैन ।
सफल स्रष्टाको लागि आवश्यक गुण के के हुन् ?
—सफल स्रष्टाको लागि आवश्यक गुण भनेकै जुन कुरा लेखकले भनिरहेका छन् त्यो पाठकले आफैले भोगिरहेजस्तो  अनुभूति गर्न  सकुन् । अनावश्यक गनथनले अरुची पैदा गर्छ । आफ्नो कुरा सटिक रूपमा भनेर पाठकको मनमा गहिरो प्रभाव उत्पन्न  गर्न सक्नु सफल स्रष्टाको गुण हो । लेखनमा लेखक इमानदार हुनु आवश्यक गुण हो ।
साहित्यिक यात्रामा लागिरहँदा तपाईले सम्झिनै पर्ने रोचक घटना वा प्रसङ्ग केही छन्  कि ?
—२०२२ सालमा ओखलढुङ्गामा एउटा कविता गोष्ठि भएको थियो । गणेश रसिक र म पनि सहभागि भएका थियौँ ।  त्यहाँ आगन्तुक कविहरूलाई गरिएको स्वागत, बनभोज, गोष्ठि र ओखलढुङ्गा (जसको नामबाट ओखलढुङ्गाको नाम रहेको ढुङ्गामाथि बसेर सबै कविहरूले कविता लेखेका थिए) को सम्झना ताजै छ । त्यहाँ वाचन गरेको मेरो पहिलो कविता ‘भ्रम’ दैलो पत्रिकामा छापियो रे । तर त्यो पत्रिका आजसम्म पनि हेर्न नपाइएकोले मेरो पहिलो कविता ‘भ्रम’ पनि मसित छैन ।
साहित्यतर्फ कुन बिधाका पाठक बढी भएको महशुस गर्नुहुन्छ ?
—साहित्यतर्फ  कविता बिधाका पाठक सबैभन्दा बढी  छन् । तर बिडम्बना कविताको किताब कम बिक्री हुन्छ । त्यसपछि आख्यानका पाठकहरू रहेका छन् ।
साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवार रहन्छ ?
— घरभित्र एउटा अभिभावकले साना नानीहरूको हेरचाह गरे जस्तै  स्रष्टा र साहित्यको हेरविचार राष्ट्रले गर्नु पर्दछ ।

सृजनामा सजीवता र काल्पनिकता कुन बढी हुनुपर्छ ?
—सृजनामा सजीवता र काल्पनिकता कुन घटि वा बढि हुनु पर्छ भन्ने सन्दर्भमा यस्तै अनुपात हुनु पर्छ भन्ने केही छैन । लेखकले कुन उद्देश्य र प्रयोजनका लागि लेखिरहेको छ , विषयबस्तुको माग अनुसार सजीवता र काल्पनिकता दुवै मध्ये कुनै बढि प्रयोग गर्न सक्छ ।
नयाँ लेखकलाई के सुझाव दिनु हुन्छ ?
—    लेखनले पार्ने दिर्घकालीन प्रभाव ध्यानमा राखेर लेखकले आपूmलाई इमानदार  राखेर सस्तो लोकप्रियताको पछि कुद्नु हुँदैन । उद्देश्यमूलक लेखनलाई निरन्तरता दिएर समाज, मानव सभ्यता र अग्रगमनलाई साथ दिनु लेखकको दायित्व हुन्छ । तसर्थ नयाँ लेखकहरूले दृढतासाथ अँध्यारोको विपक्षमा उज्यालोको पक्षमा, मृत्युको विपक्षमा जीवनको पक्षमा र बिनासको विपक्षमा निर्माणको पक्षमा उभिनु पर्दछ ।  जीवन, निर्माण, अग्रगमन र उज्यालोको पक्षमा लेख्ने लेखक मानव सभ्यताको आकाशमा सधैं चम्किरहन्छ , मानव हृदयमा सदैव जीवित रहन्छ ।

‘विमोचन’ वर्ष ३५,अङ्क १,  २०७३ साउन

ंंंंं











Thursday, January 8, 2015

विविध कोणबाट मानव संसार उपन्यासको विवेचना

विविध कोणबाट मानव संसार उपन्यासको विवेचना

विविध कोणबाट मानव संसार उपन्यासको विवेचना
                                            डा. भोलानाथ पोखरेल ,  धरान

१. विषय प्रवेश
    साहित्यका विभिन्न विधामा कलम चलाउने शरणकुमार राईको मानव संसार (२०६५) आलोचनात्मक यथार्थतामा आधारित उपन्यास हो । आत्मवृतान्त शैलीमा लेखिएको यस उपन्यासमा २०६२/०६३ सालमा भएको नेपालको जनआन्दोलनलाई पृष्ठभूमिका रूपमा लिएको छ र त्यसभन्दा अगाडि एवम् पछाडिको परिवेशमा यो उपन्यास सिर्जना भएको छ । विवेच्य उपन्यासमा नेपाल सरकार र नेपाली भूमिमा अवस्थित विभिन्न दलहरूबीचको द्वन्द्व, शान्ति सम्झौता, संविधानसभाको निर्वाचन आदि महत्पूर्ण घटनाहरूलाई लिएर प्रस्तुत उपन्यास सिर्जना भएको छ । मुख्यतः राजनैतिक विषयवस्तुमा लेखिएको यस उपन्यासमा आवश्यकताअनुसार अन्य प्रसङ्गहरू पनि आएका छन् । आजको युग आधुनिकीकरणको युग हो जसको प्रभावमा परेर छोराछोरीहरू आफ्ना आमाबाबुबाट टाढिंदै गएका देखिन्छन् । यसैले बृद्घाश्रमको अनिवार्य आवश्यकता छ भन्ने विषयवस्तुमा उपन्यास केन्द्रित छ । यो लेखको उद्देश्य उपन्यासकार शरणकुमार राईको परिचय दिंदै उनको मानव संसार आलोचनात्मक यथार्थमा आधारित उपन्यास हो भन्ने विषयलाई पुष्टि गर्नु रहेको छ ।
२. उपन्यासकारको परिचय 
    बहुआयामिक व्यक्तित्वका धनी शरणकुमार राईको साहित्यिक नाम सरण राई हो । यस लेखमा अब उनलाई सरण राईकै नामबाट सम्बोधन गरिने छ । यिनी आमा शिवमाया र बाबु मछिन्द्रबहादुर राईका जेठो छोराको रूपमा २००४ साल चैत्र २४ गते भोजपुर जिल्लाको छिनामखु गाउँमा जन्मिएका हुन् । अनेरास्ववियुका केन्द्रिय सदस्य (२०२६–२०२८) राई विद्यार्थी अवस्थादेखि नै वामपन्थी राजनीतिमा सक्रिय रहेका देखिन्छन् । ३५ वर्षसम्म अर्थशास्त्रको प्राध्यापन पेशामा संलग्न राई ने. प्रा. सं. को केन्द्रीय सदस्यसम्मको पदीय जिम्मेवारी पनि उनले निर्वाह गरेको देखिन्छ । नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी, एमाले, माले पार्टीका विभिन्न समितिमा रहेर काम गर्ने उनी हाल आएर नेकपा एमाले अञ्चल सल्लाहकार सदस्यमा रहेर सक्रिय जीवन विताइ रहेका छन् (बराल, २०६८ ः ३ परिशिष्ट खण्ड) । उनको व्यक्तित्वको  अर्को पाटो साहित्यिक यात्रा लगभग चार दशक भन्दा लामो छ । उनका केही कथा केही कविता (सहलेखन ः २०३८), साथी (निबन्ध सङ्ग्रह ः २०६४), मानव संसार (उपन्यास ः २०६५) र अन्तिम स्वकारोक्ति (कथासङ्ग्रह ः २०६६) प्रकाशित पुस्तकाकार कृतिहुन् । उनका प्रकाशोन्मुख कृतिहरू उडान मनको (उपन्यास), मृत्यु बाटाभरि फुलिरहने हुन्छ (कविता सङ्ग्रह) र गाढा प्रेम (कथासङ्ग्रह) रहेको विषय जानकारीमा आएको छ ।
३. आलोचनात्मक यथार्थवादी नेपाली उपन्यासहरू 
    यथार्थवादका विभिन्न धारामध्ये आलोचनात्मक यथार्थवाद पनि एक हो । आलोचनात्मक यथार्थवाद र प्रगतिवादका बीचमा पृथकता हुँदाहुँदै पनि कतिपय प्रवृत्तिहरूमा समानता पनि पाइन्छन् । समाजमा भएका शोषण, दमन, असमानता, अन्याय, अत्याचार, भ्रष्टाचार आदि प्रवृत्तिहरूको विरोध गर्नु आलोचनात्मक यथार्थवाद र प्रगतिवादका साझा विशेषता हुन् । प्रगतिवाद र आलोचनात्मक यथार्थवादले समाजका सकारात्मक पक्षको समर्थन र नकारात्मक पक्षको विरोध गरेका हुन्छन् (सुवेदी, २०५३ ः १३४) । समाजको बाह्य वर्णनमा आलोचनात्मक यथार्थवादसीमित रहन्छ भने प्रगतिवाद द्वन्द्वात्मक एवम् ऐतिहासिक भौतिकवादमा आधारित हुनाले यसले सामाजिक समस्याका आन्तरिक कारणहरू पनि पत्ता लगाउँदै समाधानका बाटातर्पm लक्षित हुन्छ । जबसम्म कुनै पनि वस्तुको सामान्य परिवर्तन मात्रै हुन्छ र साररूपमा परिवर्तन हुँदैन तबसम्म त्यस वस्तुको आधारभूत प्रवृत्तिमा फेरबदल हुँदैन भन्ने विचारमा प्रगतिवाद स्पष्ट हुनु र आलोचनात्मक यथार्थवाद स्पष्ट नहुनु यी दुईमा पाइने भिन्नता हुन् (गौतम, २०४९ ः १५७) । यसरी भिन्नता हुँदाहुँदै पनि यी दुई सहयोध्दाजस्ता भएर सँगसँगै पनि हिडेका देखिन्छन् । जर्ज लुकासले यी दुवै विचारधारा छुट्याउन पनि गाह्रो हुन्छ र एउटै कृतिमा पनि यी दुवै शैली पाउन सकिन्छ भनेका छन् (लुकाश, २०३१ ः २८५) । विवेच्य कृति मानव संसार उपन्यास मूल रूपमा आलोचनात्मक यथार्थवादी भएर पनि गौण रूपमा प्रगतिवादी प्रवृत्तिहरू पनि आएका छन् ।
    आधुनिक नेपाली उपन्यासको विकासक्रममा आलोचनात्मक यथार्थवादको सुरूवात लैनसिंक बाङ्गदेलको लङ्डाको साथी (२००८) उपन्यासबाट भएको भन्ने पाइए तापनि वास्तवमा यस उपन्यासको मूल प्रवृत्ति आलोचनात्मक यथार्थवाद होइन । आलोचनात्मक यथार्थवादको मूल प्रवृत्तिलाई नै अँगालेर लेखिएका हृदयचन्द्रसिंह प्रधानका स्वास्नीमान्छे (२०११) र एक चिहान (२०१७) उपन्यासहरू प्रकाशित भएका छन् । उनको स्वास्नीमान्छे उपन्यासका नारीहरूका समस्याको विश्लेषण गरिएको छ र उनीहरूका मुक्तिका निमित्त विद्रोह गर्न पनि सिकाइएको छ (पोखरेल, २०६४ ः १४९) । यस्तै उनको दोस्रो एक चिहान उपन्यासले अन्तर्जातीय विवाहलाई स्वागत गरेको छ र श्रम शोषणको विरोध गरिएको छ । यसै क्रममा खड्गबहादुर सिंहका विद्रोह भाग – १ (२०११) र भाग – २ (२०१३), मञ्जुलको छेकुडोल्मा
(२०२६), केशवराज पिडालीको एकादेशकी महारानी (२०२६), जगदीश घिमिरेको लिलाम
(२०२७),र साबिती (२०३२), तारानाथ शर्माको सुली (२०३०),मोदनाथ प्रश्रितको देशभक्त लक्ष्मीबाई (२०३२), पिटर जे कार्थकको प्रत्येक ठाउँ प्रत्येक मान्छे (२०३४),कविताराम श्रेष्ठका वनदेवी (२०२६), पानीको थोपा (२०३८) आदि उपन्यासहरू आलोचनात्मक यथार्थवादमा आधारित छन् । यस्तै मदनमणि दीक्षितको माधवी (२०३९), रमेश विकलको अविरल बग्छ इन्द्रावती (२०४०) र सागर उर्लन्छ सगरमाथा छुन (२०५२), पारिजातका परिभाषित आँखाहरू (२०४६), बोनी (२०४८), गोविन्द गिरी प्रेरणको उत्खनन् (२०४५), पाखण्ड पर्व (२०५०), भवानी पाण्डेको अमर वस्ती (२०५३), आदि उपन्यासहरू पनि आलोचनात्मक यथार्थवादी धाराका सवल उपन्यासहरू हुन् (सुवेदी, २०५३ ः १३८–१७०) । यस्तै धाराका अन्य उपन्यासहरूमा कृष्ण धारावासीका शरणर्थी (२०५४), राधा (२०६१), तपाइँ (२०६३), खगेन्द्र सङ्ग्रौलाको जूनकीरीको सङगीत (२०५६), नारायण तिवारीको पिताम (२०५७) आदि उपन्यासहरू पनि आलोचनात्मक यथार्थवादी धाराकै विकासक्रममा आएका छन् । यसै क्रममा सरण राईको मानव संसार (२०६५) उपन्यास देखा परेको छ । यस उपन्यासका पात्रहरूका माध्यमबाट सामाजिक विकृति, शोषण, दमन, अन्याय, अत्याचार एवम् जनविरोधी उच्छृङ्खल क्रियाकलापको विरोध गरिएको छ ।
४. कथानक
    मानव संसार उपन्यासको कथानक पूर्वदीप्ति शैलीबाट अगाडि बढेको छ । जागिरे जीवनबाट अवकास प्राप्त म पात्र मानव संसार वृध्दाश्रमको अवलोकन गर्न जान्छ र वृध्दाश्रमकी संस्थापक परिवर्तनाद्वारा लिखित आत्मवृतान्त म पात्रले पढेपछि उपन्यासको कथानक आरम्भ हुन्छ । यस उपन्यासकी नायिका परित्याक्ता आमाकी छोरी खिनौरी हो । उसको बाबु तल्लो जातकी भनेर हेयगरिएकी केटीसँग प्रेम गरेकै कारणले घरबाट बहिष्कृत भएर विदेशीएको कयौं वर्ष भइसक्ता पनि उसको कुनै खबर आएको छैन । यसरी परित्याक्ता एक्ली आमाको लालनपालनमा हुर्किएकी खिनौरी काम गर्न सक्ने भएपछि शिक्षक यायावरका घरकोे कामदार बन्न पुग्छे । मानवीय पात्र यायावरले उसलाई काममात्र लगाउँदैन पढ्न सिकाएर साक्षर पनि बनाउँछ । उसले खिनौरीको नाम परिवर्तना राखेको छ र छोटकरीमा परी भनेर बोलाउँछ । अन्त्यमा शिक्षक पेशा छाडेर शहर जाँदा परिवर्तना पनि यायावरसँगै जान्छे र शहरमा गएर उसले उच्च शिक्षा पढ्छे र कम्प्युटरको तालिम पनि लिन्छे र आफ्ना खुट्टामा आफै उभिन सक्ने हुन्छे । परीले राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, भौगोलिक आदि विषयहरूको स्वध्ययन पनि गरेकी छ । परी आफ्नै खुट्टामा उभिन सक्ने भएपछि यायावर पनि अन्यत्रै जान्छ । नेपालमा सञ्चालन हुँदै गएको जन आन्दोलनमा धेरै मानिसहरू हताहत भएकामा ऊ चिन्तित हुन्छे । यसै क्रममा परीको अग्रसरतामा नेपालमा भएका अन्याय, आत्याचार, गरिबी, अज्ञानताका विरूद्ध र वातावरणको चेतना जगाउने उद्देश्य राख्तै १७ जना युवाहरूको एउटा समूह गठन हुन्छ । सो समुहका सदस्यहरूलाई बेग्लाबेग्लै क्षेत्रमा कामको जिम्मा दिइन्छ र जसमा परिवर्तना हिमाली क्षेत्रमा पर्दछे । परिवर्तनाको टोली र अन्य टोलीले ७७७ दिनमा आफूले जिम्मा लिएको काम पूरा गरी सहर फर्कन्छन् । परीले पश्चिमी जिल्लाहरूको भ्रमण गरेर त्यहाँ भएका समस्याहरूको सङ्कलन गर्दै समाधानका उपायहरूसमेत भएको प्रतिवेदन तयार गरेर सरकारलाई बुझाउँछे तर सरकारबाट त्यो प्रतिवेदनको कुनै सुनुवाई हुँदैन । गठन भएको १७ जनाको टोलीमा लक्ष्मणिया र स्वजना सहिद भइसकेका हुन्छन् । परिवर्तनाले हिमाल चढ्ने तालिम लिएर सहिद लक्ष्मणिया र स्वजनाको ढलोट चोमोलोङमा (सगरमाथामा) राखेर कृतज्ञता ज्ञापन गर्दछे । यसरी परिवर्तनाले सफल हिमाल आरोहण गरी सहिदको सम्मान गरिएकोमा सर्वत्र प्रशंसा हुन्छ ।
    साइवर क्याफे खोलेकी परी विदेश भ्रमणमा जाने अवसर पाउँछे । विदेश भमणबाट फर्किए पछि उसकै साइवरमा आइरहने साहित्यकार गोकुल मानवसँग प्रेम हुन्छ र उनीहरूका बीचमा विवाह पनि हुन्छ । नेपालमा संविधान बनेर पनि देशका मुलभूत समस्याहरू समाधान हुन नसकेकाले अर्को एउटा नयाँ दल सर्व विकास निर्माण पार्टी गठन हुन्छ । निर्वाचनमा कसैको पनि बहुमत नआएका हुनाले सर्वसम्मति सरकारमा परिवर्तना उपप्रधानमन्त्री हुन्छे । गठबन्धन सरकार राम्रोसँग चल्दैन र परिवर्तनाकी आमाको पनि देहबसान हुन्छ । चारवर्ष पछि भएको अर्को चुनावमा परिवर्तनाको सर्व विकास निर्माण पार्टी सबैभन्दा ठूलो दलको रूपमा स्थापित हुन्छ र तस्रो ठूलो दलसँग मिलेर बनेको संयुक्त सरकारको प्रधानमन्त्री परिवर्तना हुन्छे ती पार्टीहरू बीचमा भएको आरोप प्रत्यारोपका कारणले सरकारले लोकप्रिय काम गर्न सक्तैन ।
    परीका छोराछोरी विदेशमा हुन्छन् । उसकी छोरी नायुमाले विदेशी डा. जोन्सनसँग विवाह गर्दछे । छोरो पारुहाङले स्वदेशी केटीसँग विवाह गरे पनि विदेशमै बस्तछ । यसरी छोराछोरी दुवै विदेशमै बस्ने भएकाले परी चिन्तित हुन्छे । गठबन्दन सरकारका बीचमा मनमुटाव हुन्छ र एक दिन भव्य समारोहमा परिवर्तनालाई ताकेर हानेको गोली छेक्ता गोकुल मानवको मृत्यु हुन्छ । परिवर्तनालाई नजरबन्दमा राखिन्छ । गठबन्दन सरकारले राजिनामा दिएपछि मध्यावधी निर्वाचन हुन्छ । निर्वाचनमा सर्व विकास निर्माण पार्टी बहुमतले विजय हुन्छ । परिवर्तना प्रधानमन्त्री नबन्ने भएपछि अर्थशास्त्रको विद्यावारिधि डा. सौन्दर्यालाई उसले सिफारिस गर्दछे ।
    परिवर्तना डा. गोकुल मानव आश्रम नामको वृद्धाश्रम निर्माणमा तल्लीन हुन्छे पचास शैयाको अस्पताल बन्छ । त्यस अस्पताललाई डा. सौन्दर्या र परीले शरीर दान गर्दछन् । डा. गोकुल मानव आश्रम, मानव आश्रम हुँदै मानव संसार आश्रममा परिणत हुन्छ । यस आश्रमका अन्य शाखाहरू पनि खोलिन्छन् । वृद्धाहरूलाई अनेकौं प्रतिस्पर्धात्मक कार्यक्रमहरू गराएर खुसी तुल्याइन्छ । बुढ्यौलीले छोएकी परिवर्तना पनि वृद्धाश्रममै बस्न थाल्छे । परिवर्तनाले आपूmद्वारा लिखित आफ्नो आत्मवृतान्त डा. सौन्दर्यलाई दिएकी हुन्छे । एक दिन वृद्धाश्रममै परिवर्तनाको मृत्यु हुन्छ । नायुमा, पारुहाङ सौन्दर्या र अन्य सबै वृद्धहरू शोकाकूल हुन्छन् । परिवर्तनाको आत्मवृतान्त पीताम्बरले लपेटेर उच्च सम्मानका साथ वृद्धाश्रमको प्रदर्शनी कक्षमा राखिन्छ र मानव संसार उपन्यासको कथानकको अन्त्य हुन्छ ।
      मानव संसार उपन्यासको कथानक आदि, मध्य र अन्त्यका क्रममा अगाडि बढेको छ । परिवर्तनाद्वारा लिखित आत्मवृतान्त पढ्न थालेपछि कथानक आरम्भ हुनछ । भव्य समारोहका बीच परिवर्तनालाई हानेको गोली लागेर गोकुल मानवको मृत्यु हुनु यस उपन्यासको चरमोत्कर्षको अवस्था हो । यसपछि उपन्यासको कथानक ओरालो लाग्छ । वृद्ध भएर रोगाएकी परिवर्तनाको मृत्यु हुनु र उसको आत्मवृतान्ता आश्रममा अत्यन्तै सुरक्षित रूपमा सम्मानका साथ राख्नु अन्त्य भाग हो । उपन्यासको अन्त्य भागमा छरिएर रहेका पात्रहरू समेटिने हुन्छन् र यस उपन्यासको अन्त्यमा पनि प्रायः सवै पात्रहरू भेला भएर परिवर्तनाको मृत्युमा शोकाकूल भएका छन् । यसरी रैखिक रूपमा अगाडि बढेको कथानकमा वृत्तकारीय ढाँचाको आभास पनि मिल्छ । खेमनाथ दाहालले मानव संसार उपन्यासको विषय वस्तु संस्मरणत्मक माध्यमबाट वृत्तकारीय शैलीमा प्रस्तुत गर्ने क्रममा शारीरिक श्रमलाई बढीमहत्व दिएको विषयमा चर्चा गरेका छन् (दाहाल, २०६६: २) । कथावस्तु अतीतावलोकन (Flash Back) का रूपमा प्रकट हुँदा कथानक भूमरी झैं घुमेको अवस्थामा प्रकट हुन्छ । यस्ता किसिमका कथानकमा जुन बिन्दुबाट आरम्भ हुन्छ त्यही बिन्दुमा आएर अन्त्य हुन्छ । मानव संसार उपन्यास पनि म पात्रले परिवर्तनद्वारा लिखित आत्मसंस्मरण पढ्न थालेपछि कथानकको सुरुवात हुन्छ र पढिसकेपछि कथानकको अन्त्य हुन्छ ।
    उपन्यासको पूर्वाद्र्धमा अत्यन्तै मानवीय एवम् गरिब, दुःखी, असाहाय एवम् नारी उत्थानमा अगाडि बढेको शिक्षक यायावर उपन्यासको उत्तराद्र्धमा आएर एक्कासी रहस्यात्मक रूपले हराएको छ । उसले नै खिनौरीलाई परिवर्तना बनाएको हो । परिवर्तनाले पनि यायावरलाई सच्चा सहयोगी मानव संझेकी छ । उसले आफ्नो शरीरसमेत यायावरलाई सुम्पिएर प्रणयसम्बन्धमा समेत ऊ बाँधिन पुगेकी छ । यसरी परिवर्तनाको आस्थाको केन्द्रबिन्दु भएको मानवीय पात्र यायावर उपन्यासको कथानकबाट एक्कासी रहस्यात्मकरूपले हराउनु र परिवर्तनाले समेत आफ्नो आत्मवृतान्तमा खासै स्मरण नगर्नाले यायावरमाथि अन्याय भएको पाठकलाई महसुस हुन्छ । उपन्यास पढीसक्ता पनि पाठकहरू यायावरकै जीवनशैलीलाई स्मरण गर्दै उसैलाई खोजी गरि रहेका हुन्छन् । उपन्यासको मानवीय पात्र यायावर बालकृष्ण समको आगो र पानी खण्ढकाव्यको जङ्गली पात्रजस्तै भएर पनि उपन्यासकारले यायावर माथि अन्याय गरेका छन् तर समले आफ्नो जङ्गली पात्रलाई भने न्याय दिएका छन् । यसरी विषयवस्तुलाई नयाँ किसिमले उठान गर्दै लेखिएको मानव संसार उपन्यासको उद्देश्य भविष्यप्रति आशावादी हुनु हो (सुवेदी, २०६६ ः १६) ।
५. चरित्रचित्रण
    पात्र वा चरित्र कथानक गतिका संवाहक हुन् । चरित्रको विकास भनेकै कथानकको पनि विकास हो । उपन्यासमा पात्रहरूकै माध्यमबाट सामाजिक जीवनका सम्पूर्ण घटनाहरू अभिव्यक्त हुँदा उपन्यासको उद्देश्य पूरा हुन्छ । सत् वा असत् मानिसहरूबाट मानव समाज निर्माण भएजस्तै औपन्यासिक समाजमा पनि अनुकूल एवम् प्रतिकूल पात्रहरूले त्यहाँको समाजका लागि भूमिका खेलेका हुन्छन् । मनुष्यलाई ग्रन्थिको आवश्यकता पर्ने र पात्रलाई नपर्ने विशेषताले गर्दा मान्छे र पात्रका बीचमा भिन्नता आएको पाइन्छ तर पनि मनुष्य र पात्रका    व्यवहार एउटै जस्ता देखिन्छन् (फोस्टर, सन् १९५३ ः ३६) । मानव संसार उपन्यासका मुख्य पात्रहरूको चरित्रचित्रण यस प्रकारले गर्न सकिन्छ ः
क. परिवर्तना
    परिवर्तना मानव संसार उपन्यासकी मुख्य नारी पात्र हो । तल्लो जातकी भनेर अपहेलित खिनौरी गतिशील नारीपात्र हो जो यायावरकहाँ नोकर बस्ताबस्तै शिक्षित एवम् सभ्य भएर परिवर्तना भएकी छ । उपन्यासमा परिवर्तनालाई परी भनेर पनि बोलाइन्छ । परी देश र जनताको हितका निमित्त सधैं सक्रिय रहने अनुकूल देशभक्त चरित्र हो । जीवन चेतनाका आधारमा वर्गगत पात्र परिवर्तनाले देशभक्त सक्रिय युवती नारीहरूको प्रतिनिधिŒव गरेकी छ उपन्यासमा प्रत्यक्ष रूपमा देखापर्ने परी मञ्चीय पात्र हो जो मानव सेवा नै धर्म हो भन्ने ठान्दछे । वृद्धाहरूका निमित्त वृद्धाश्रम खोली कुशलतापूर्वक सञ्चालन गर्ने मानवगतावादी पात्र परीले गाउँगाउँमा गएर जनचेतना फैलाउने काम पनि गरेकी छ । उपन्यासको आदिदेखि अन्त्य सम्म महŒवपूर्ण भूमिका खेल्ने बद्धपात्र परीलाई उपन्यासबाट हटाउने हो भने उपन्यासको अस्तिŒवै रहन सक्तैन । ऊ विना मानव संसार उपन्यासको कथानक नै अगाडि बढ्दैन । सफल सगरमाथा आरोहण गरेर सहिदको ढलोट राख्ने परी उपप्रधानमन्त्री हुँदै प्रधानमन्त्री जस्तो गसिमामय पदमा बसेर पनि देश सेवा गरेकी छ । राजनीति फेहोरी खेल हो भन्ने सामन्ति सोचाईको विरोधी पात्र परीले देश सेवागर्नका निमित्त सर्व विकास निर्माण  पार्टी पनि खोल्ने ऊ साहासिक कर्तव्यनिष्ट पात्र हो ।
ख. डा. गोकुल मानव
    डा. गोकुल मानव मुख्य पुरुष पात्र हो । ऊ परिवर्तनाको पति र नायुमा एवम् पारूहाङको बुबा हो जो अध्ययनशील साहित्यकारका रूपमा देखा परेको छ । साहित्यप्रेमी गोकुल आफ्ना सन्तान भनेकै कृति हुन् भन्दछन् र नारीहरूलाई हौसला दिएर कार्य गर्न उत्साहित गर्दछ । अनुकूल पात्र गोकुल पत्नीको ज्यान बचाउन छातीमा गोली थापेर जीवन बलिदान गर्न पनि पछि पर्दैन । सहयोगी भावनाको गोकुलले नारीहरूलाई समाजसेवा गर्न उत्साहित गरेको छ । आसन्नताका आधारमा उपन्यासमा प्रत्यक्ष रूपमा देखापर्ने गोकुल मञ्चीय पात्र हो जसलाई उपन्यासबाट हटाउने हो भने उपन्यासको निर्माण हुन नसक्ने हुनाले ऊ बद्ध पात्र पनि हो ।
ग. यायावर 
     यायावर मानव संसार उपन्यासको सहायक पुरुष पात्र हो । शिक्षक पेशामा संलग्न यायावर सहयोगी अनुकूल पात्र हो जसले खिनौरी (परिवर्तना)लाई घरमा काम गर्नेका रूपमा राखेर पनि शिक्षादीक्षा दिंदै ज्ञानगुनका कुरा सिकाएर व्यावहारिक बनाएको छ । परिवर्तना आफ्नै आर्जनले बाँच्नसक्ने सक्षम, सबल, सचेत एवम् जाग्रत भएपछि मात्र सहयोगी पात्र यायावरले उसलाई छोडेको छ । सधैं एक ठाउँमा बस्न मन नपराउने पात्र यायावर बटुवाजस्तो देखिन्छ । नारीहरूको उन्नति प्रगति भएको देख्न चाहने ऊ पथप्रदर्शक पात्र हो उसकै प्रेरणा पाएर परिवर्तनाले सगरमाथा आरोहण मात्र होइन समाजसेवामा समर्पित हुँदै प्रधानमन्त्री सम्मको ओहोदामा पुगेर देश सेवा गरेकी छ । परिस्थिति अनुसार आपूmलाई परिवर्तन गर्दै लैजाने यायावर अनुकूल पात्र हो । ऊ उपन्यासमा प्रत्यक्ष रूपमा देखापर्ने मञ्चीय पात्र पनि हो ।
घ. डा. सौन्दर्या
    परिवर्तनाकी मिल्ने साथी डा. सौन्दर्या मानव संसार उपन्यासकी सहायक स्त्री पात्र हो । गतिशील पात्र सौन्दर्या प्रेममा धोका पाएपछि सम्पूर्ण पुरुषहरूलाई आफ्नै प्रेमीजस्तै धोकेवाज ठान्ने ऊ एक सफल प्रधानमन्त्री हो परोपकारी एवम् गतिशील पात्र सौन्दर्याले आफ्नो सम्पूर्ण सम्पत्ति बालआश्रमलाई दिएकी छ । मृत्युपछि आफ्नो शरीर अस्पताललाई दान दिने सौन्दर्या मानवीय पात्र पनि हो । तर्कशील, कर्तव्यनिष्ठ, कुशल नेत्री, र परोपकारी चरित्र सौन्दर्या आसन्नताका आधारमा मञ्चीय पात्र पनि हो ।
ङ. अन्य पात्र
    उपन्यासको कथानकमा झल्याकझुलुक देखापरेर हराउने पात्रहरूलाई गौण पात्र भनिन्छ । यस्ता गौण पात्रहरूमा परिवर्तनाकी आमा पनि एक हो । ऊ आफ्ना श्रीमान्बाट परित्यक्त नारी चरित्र हो जसलाई तल्लो जातकी भनेर आफ्ना पतिले छोडेर जान वाध्य तुल्याइएको छ । तिनै आमाकी छोरी परिवर्तना देशकी प्रधानमन्त्री बनेकी छ । यस्तै अन्य गौण स्त्रीपात्रहरू नायुमा, दीपा, निर्मला, कमलासोरी, सिर्जना, फूलमाया, मुखेनी, बज्यै, माइली आदि उपन्यासको कथानकमा आवश्यकता अनुसार छोटो समयकालागि आएर आफ्नो भूमिका खेलेका छन् । यस उपन्यासमा झल्याकझुलुक देखापर्ने अन्य केही गौण पात्रहरू यी हुन् – पारूहाङ, जमानसिंह, वलवीर, जोन्सन, धनबहादुर, प्रसादमणि, इन्द्रमान, मेघबहादुर, बद्री, खेम, लक्ष्मणिया, आयुश्मा, सौरभ ।
६. दृष्टिबिन्दु
    मानव संसार उपन्यासमा आन्तरिक र बाह्य दुवै प्रकारका दृष्टिबिन्दुको प्रयोग भएको पाइन्छ । आन्तरिक केन्द्रीय दृष्टिबिन्दुको एउटा उदाहरण यस्तो छ – “मानिस जबसम्म बूढो हुँदैन तबसम्म ऊ नयाँ कुरा सिक्न चाहन्छ भन्ने भनाइसँग म शतप्रतिशत सहमत छु” (राई, २०६५ ः २) । यस दृष्टिकोणबाट कथित कथामा मुख्य पात्रको आन्तरिक जविनको गहिराई सूक्ष्म ताका साथ प्रस्तुत हुन्छ । (श्रेष्ठ, २०३९ ः ५९) । विवेच्य उपन्यासको एक पेजदेखि आठ पेजसम्म उपन्यासकार स्वयम् म पात्रका रूपमा उभिएर उपन्यास उगाडि बढाएका छन् । प्रस्तुत उपन्यासको नौ पेजदेखि एकसय पचहत्तर पेजसम्म आन्तरिक केन्द्रीय दृष्टिबिन्दुका रूपमा परिवर्तना म पात्रका रूपमा आएकी छ । म पात्र (उपन्यासकार)को मानव संसारको परिकल्पनाकार को हुन् ? भन्ने जिज्ञासाको उत्तर दिने क्रममा विवेच्य उपन्यासकी सञ्चालिका डा. सौन्दर्या मानव संसारका बारेमा परिवर्तनाद्वारा लिखित स्मरण आत्मवृतान्त दिन्छे अनि म (उपन्यासकार) पात्रले पढ्न थालेपछि कथानक सुरु हुन्छ । यस उपन्यासमा १७६ पेजदेखि अन्तिम १९२ पेजसम्मै बाह्य तृतीयपुरूष दृष्टिबिन्दुका माध्यमबाट कथानक अगाडि बढेको छ ।
    अतः छोटकरीमा भन्ने हो भने मानव संसार उपन्यासको सुरुमा लेखक स्वयम् आन्तरिक केन्द्रीय दृष्टिबिन्दुका रूपमा म पात्र भएर उभिएका छन् । त्यसपछि परिवर्तनाद्वारा लिखित आत्मवृतान्त पनि लेखकद्वारा पढ्न थालेपछि म पात्रका रूपमा परिवर्तना देखापरेकीले प्रथम पुरुष देष्टिबिन्दु रहेको देखिन्छ । उपन्यासको उत्तराद्धमा भने बाह्य तृतीयपुरूष दृष्टिबिन्दुमा कथानक अगाडि बडेको छ । यसरी विवेच्य उपन्यासमा दृष्टिबिन्दुको परिवर्तनले मानव संसारको स्तर भने खस्किएको छैन ।
७. परिवेश
    मानव संसार मूलतः जनआन्दोलनको पृष्ठभूमिमा सृजित उपन्यास हो । उपन्यासको समयावधि लगभग सय वष भए तापनि मूल रूपमा धेरै घटनाहरू २०६२÷६३ सालको छेउछाउमा घटेका छन् । त्यसैले प्रस्तुत उपन्यास नेपाली परिवेशमा सृजित उपन्यास हो । छिटपुटरूपमा अमेरिका, बेलायत, जर्मन, हङ्कङ्, फ्रान्स आदि देशहरूको मनोरम दृश्य पनि उपन्यासका परिवेशमा आएका छन् । प्रस्तुत उपन्यासमा नेपालका राजनैतिक पार्टीहरूका बीचमा हुने विश्वासघात, छलकपट, शक्ति हत्याउन खेलिने फोहोरी खेल आदि पनि परिवेशका रूपमा आएका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथाको रमणीय चित्रण भएको यस उपन्यासमा हिमाल, लेक, पाहाड, तराई लगायत नेपालको सुन्दर प्राकृतिक सौन्दर्यलेयुक्त परिवेशको चित्रण यस उपन्यासमा भएको छ । विवेच्य उपन्यासमा बृद्धाहरूको मानसिक अवस्थाको चित्रण पनि गरिएको छ । बृद्धाहरूमा पनि आफू केहीगर्न सक्छु भन्ने हिम्मत हुनु तर उनीहरूका छोराछोरी एवम् आफन्त जनहरूबाट तिरस्कार गरिने प्रवृत्तिको बिरोध गरिएको छ । यस उपन्यासमा वृद्धाश्रमको परिवेश मात्र नभएर बाल आश्रमका उज्ज्वल भविष्यका  नक्षेत्रहरूको परिवेश पनि समेटिएको छ ।
८. सारवस्तु
    मानव संसार मानव प्रेममा आधारित उपन्यास हो । यस उपन्यासको सुरुदेखि अन्त्यसम्मै प्रेमकै सेरोफेरोमा कथानक अगाडि बढेको छ । उपन्यासमा आमाबाबुले छोराछोरीहरूमा गरिने प्रेम, शिक्षकबाट छात्रामा हुने प्रेम अथवा छात्राले आफ्ना गुरुप्रति गरिने प्रेम, नागरिकमा देशप्रति हुने प्रेम अथवा जवान केटाकेटीहरूले एक अर्कोमा गर्ने प्रेम, पति–पत्नीका बीचमा हुने प्रेम, साथीले साथीलाई गर्ने प्रेम जस्ता विषयवस्तुमा उपन्यास सृजित भएको छ । यसरी उपन्यासमा प्रेमबीनाको जीवन निरस, भयावह, कष्टकर, अन्धकारयुक्त, एवम् असफल हुन्छ  भन्ने विषयवस्तु पुष्टि गर्नका निमित्त उपन्यासकारले विभिन्न प्रसङ्गहरू ल्याएका छन् । नारीलाई बढी महŒव दिएर लेखिएकको यस उपन्यासमा अवसर पाएमा नारीहरू सामाजिक संघ संस्था खोलेर मानव सेवा गर्न देशविदेश घुम्न, सगरमाथा चढ्न मात्र होइन प्रधानमन्त्री जस्तो गरिमामामय पदमा रहेर पनि देश सेवा गर्न पछि पर्दैनन् भन्नेकुरा देखाउनु नै यस उपन्यासको मूल उद्देश्य हो । 
    मानव संसार उपन्यास बृद्धाहरूका निमित्त बृद्धाश्रम अति आवश्यक हुन्छ भन्ने सारवस्तुमा लेखिएको उपन्यास हो । प्रस्तुत उपन्यास समय वित्तैजाँदा मानिस बूढो हुँदै जान्छ र बुढेसकाल पनि हरेक मान्छेले सक्रिय भएरै बिताउने योजना बनाउनुपर्छ भन्ने सन्देश दिंदै लेखिएको छ । आजको नयाँ युगमा आधुनिक युवायुवतीहरू धेरैजसो पश्चिमी सभ्यता र संस्कृतिबाट प्रभावित हुँदै आएका भेटिन्छन् । यो पिंढीका धेरैजसो युवायुवतीहरू अघिल्लोे पुस्ताका मान्यजनसँग बस्नुभन्दा उनीहरू टाढा स्वतन्त्र भएर बस्न रूचाउँछन् । उनीहरू आफ्ना वृद्धा आमाबाबुको रेखदेख अरू कसैले गरिदिए हुन्थ्यो भन्ने चाहना राख्ने हुन्छन् । वृद्धाश्रममा वृद्धहरूका बीचमा विभिन्न कार्यक्रम भइरहने हुनाले उनीहरूको जीवन रमणीय रूपमै बितेको हुन्छ । त्यसैले हरेक मानिसले उमेरमै आफू बस्ने वृद्धाश्रम सुविधासम्पन्न बनाउन सहयोग गर्नुपर्छ भन्ने उद्देश्यराख्तै यो उपन्यास लेखिएको छ । मानव संसार उपन्यासमा पनि परिवर्तनाद्वारा आधुनिक सुविधा सम्मपन्न वृद्धाश्रम खोलेर वृद्धहरूलाई सन्तुष्टी दिएकी छ । अतः वर्तमान अवस्थामा वृद्धाश्रम अनिवार्य आवश्यकता छ भन्ने सारवस्तुमा उपन्यास लेखिएको छ (पाण्डे, २०६७ ः ८४) ।
    नारीहरू पनि पुरुष सरह काम गर्न सक्छन् भन्ने. सारवस्तुमा मानव संसार उपन्यास लेखिएको छ । उपन्यासमा दुब्ली, नाङ्गी, मैली, फोहोरी, जिङ्रिङ्ग कपाल भएकी, घीनलाग्दी बालिका खिनौरी यायावरको सहायताले परिवर्तना हुन पुग्छे । उसले जीवनमा विभिन्न सङ्घर्ष गर्दै अगाडी बढ्ने क्रममा ऊ सर्वोच्च शिखर सगरमाथा चढ्न सफल हुनुका साथै उपप्रधानमन्त्री एवम् प्रधानमन्त्री हुन र बृद्धाश्रम स्थापना गर्न पनि सफल हुन्छे । आफ्नो जीवनसाथीको मृत्युका कारण उत्पन्न शोकलाई शक्तिमा बदल्दै अगाडी बढ्ने परिवर्तनाको भूमिका नारीहरूका निमित्त उत्प्रेरणा बनेको छ । 
    मानव संसार २०६२÷६३ तिरको नेपालको राजनैतिक अवस्थालाई चित्रण गर्ने उपन्यास हो । विवेच्य उपन्यासमा नेपालको जनआन्दोलन र त्यस आन्दोलनमा सरकारको तर्फबाट आन्दोलनकारीहरूमा गरिएको अमानवीय व्यवहार, राजनैतिक पार्टीहरूको निजी स्वार्थी मनोवृत्ति, सत्तामा पुग्ने गणितीय खेल, हत्या, आतङ्क, अत्याचार आदिको यथार्थरूपमा चित्रण गर्नु पनि यस उपन्यासको उद्देश्य रहेको छ । यस्तो सङ्क्रमणकालीन राजनैतिक अवस्थामा पनि परिवर्तना सफल प्रधानमन्त्री भएकी हुँदा नेपालको राजनैतिक भविष्य उज्ज्वल देख्ने उपन्यासकार राजनीति  ठीक भएपछि मात्र सामाजिक, आर्थिक, सांस्कृतिक पक्षहरू ठीक हुने कुरामा विश्वस्त छन् । यस उपन्यासमा हत्या, हिंसा आदिको विरोध गर्नुका साथै तत्कालीन राजदरवारमुखी राजनीतिको पनि विरोध गरिएको छ । विवेच्य उपन्यासमा राजनैतिक घुसपैठ नेताहरूमा भएको स्वार्थी प्रवृत्ति, पश्चिमी सभ्यताबाट प्रभावित भएर खोलिएको वृद्धाश्रम अन्तरजातीय विवाहको समर्थन, नरीहरूको सङ्घर्षमय जीवन, समाजमा व्याप्त शोषण, दमन, अन्याय, अत्याचार, नारीहरू एक जुट भएर अगाडि बढ्ने सन्देश आदि विषयवस्तु पनि यस उपन्यासमा आएका छन् ।
९. भाषशैली
भावको सम्प्रेशण गर्ने माध्यमनै भाषा हो र शैली उद्देश्य प्राप्तिका निमित्त अपनाइने रचनात्मक विधि हो । मानव संसारको भाषशैली वर्णनात्मक किसिम कै भए तापनि यसमा केही नवीन प्रवृत्तिहरू पनि अपनाइएको छ । पात्रहरूको चरित्रचित्रण गर्ने सन्दर्भमा मूलतः स्मृतिशृङ्खलाले नै महŒव पाएको छ । उपन्यासमा आवश्यकता अनुसार उपन्यासकारको विश्लेषणात्मक एवम् तार्किक टिप्पणी र घटनाको नाटकीकरणको निमित्त संवादको प्रयोग पनि छ । उपन्यासका कतिपय घटनाहरूलाई कविताका माध्यमबाट पनि अभिव्यक्त गरिएको छ । सन्दर्भ सुहाउने गरी नेपाली उखानटुक्काहरूको प्रयोगले गर्दा उपन्यास मार्मिक बनेको छ । सहज सरल एवम अनुकरणात्मक भाषाको प्रयोगले गर्दा उपन्यास सर्वसाधारण पाठकका निमित्त पनि बोधगम्य बनेको छ । विवेच्य उपन्यास विभिन्न खण्डमा विभाजित छैन । उपन्यासकारले उपन्यासको अन्त्यमा उपसंहार दिएर उपन्यास टुङ्ग्याएका छन् । उपन्यासमा एउटा प्रसङ्ग सकिएपछि तीनवटा * * *  चिन्ह दिइन्छ । राईले केहीआफ्नै मातृभाषका शब्दहरू प्रयोग गरेर स्थानीयताको रङ्ग पनि दिएका छन् । नेपाली मै प्रशस्त शब्द हुँदाहुँदै मेसेजजस्ता अङ्ग्रेजी शब्दहरूको प्रयोग गर्नुका साथै स्वार्थी नेताहरूको व्यक्तिŒवलाई घिनलाग्दो वस्तुसँग तुलना (राई, २०५६ ः १०९) भएका प्रसङ्गहरू भने उपन्यासका सीमा हुन् । अपवादका रूपमा यस उपन्यासमा आउने एकाध प्रसङ्गलाई छाडिदिने हो भने समष्टिगत रूपमा प्रगतिवादी मूल्यका दृष्टिले मानव संसार ओजपूर्ण छ । भविष्यमा उपन्यासकारका अझ मूल्यवान उपन्यासहरू पाठकले पढ्न पाउँने छन् भन्ने आशा गर्न सकिन्छ ।
१०. निष्कर्ष
    समग्रमा भन्नुपर्दा मानव संसार उपन्यासमा शान्तिदेखि क्रान्तिसम्म, शहरदेखि गाउँसम्म, हिमालदेखि तराईसम्म, विदेश भ्रमणदेखि सगरमाथाको आरोहणसम्म, सामन्त शोषकदेखि श्रमिक मजदुर किसानसम्म, व्यक्ति मान्छेदेखि समाजमान्छे सम्म, नोकरदेखि प्रधानमन्त्रीसम्म, व्यक्तिआश्रमदेखि सार्वजनिक वृद्धाश्रमसम्म, प्राकृत जगतदेखि मानवजगतसम्मका विषयवस्तु समेटिएका छन् । यस आलोचनात्मक यथार्थवादी उपन्यासमा शोषण, दमन, अन्याय, अत्याचार, ढिलासुस्ती, भ्रष्टाचार, हिंसा, हत्या, आतङ्क, अशान्ति, युद्ध, जातीय, वर्गीय, असमानताको यथार्थ चित्रण छ । प्रगतिवादी मूल्यका दृष्टिले समाजवादी यथार्थतर्फको उन्मुखता, वर्गीय प्रेमजस्ता विषयवस्तुमा सिर्जना भएको यो उपन्यास भविष्यप्रति आशावादी छ ।
सन्दर्भग्रन्थसूची

गौतम, देवीप्रसाद.२०४९, प्रगतिवाद ः परम्परा र मान्यता. काठमाडौं ः श्रीमती मुना गौतम.
दाहाल, खेमनाथ. २०६६ “मानव संसार उपन्यासको सन्दर्भ”. मर्निङ टाइम्स ७÷२०. (धरानः श्रवण ९ गते). पे. २ 
पाण्डे, हरिलाल. २०६७ “सरण राईको आख्यानकारिता” (अप्रकाशित स्नातकोत्तर शोध प्रबन्ध.  धरान ः नेपाली विभाग).
पोखरेल, भोलानाथ. २०६४ “आधुनिक नेपाली सामाजिक यथार्थवादी उपन्यासको पात्रविधान”. (अप्रकाशित विद्यावारिधि शोध–प्रबन्ध. कीर्तिपुर ः मानविकी तथा सामाजिकशास्त्र संङ्काय.).
बराल, नोदनिधि. २०६८ “सरण राईको निबन्धकारिता”. (अप्रकाशित स्नातकोत्तर शोध प्रबन्ध.   धरान ः नेपाली विभाग).
राई, सरण. २०६५ मानव संसार. धरान ः उपयोगी प्रकाशन.
लुकास, जर्ज. २०३१ जर्ज लुकासको साहित्यिक सिद्धान्त. (अनु.), लीलाप्रसाद शर्मा. काठमाडौं ः नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान.
सुवेदी, कमल. २०६६“फरक विषयवस्तुको उपन्यास”. मधुपर्क ४२÷७ (काठमाडौं ः मङ्सीर). पे. १६.
सुवेदी, राजेन्द्र. २०५३ नेपाली उपन्यास परम्परा र प्रवृत्ति. वाराणसी ः भूमिका प्रकाशन
.Oskar,E.M.1953, Aspects of the Novel.(Reprinted) London, Edward Arnold and Co.

साभार
'संस्कृति'  रजत वर्ष विशेषाङ्क ,अङ्क ९ , इ.सं २०१३ अप्रिल ( बि. सं  २०६९ ) राष्ट्रिय जन सांस्कृतिक महासङ्घ , नेपालको मुखपत्र

Wednesday, July 9, 2014

साहित्यकार सरण राईको मानव संसार (उपन्यास­), अन्तिम स्वीकारोक्ति (कथा सङ्ग्रह), साथी (निबन्ध सङ्ग्रह) र सरण राईका कविताहरूबारे केही अभिव्यक्ति र विवेचनाहरूः—

साहित्यकार  सरण राईको मानव संसार (उपन्यास­), अन्तिम स्वीकारोक्ति (कथा सङ्ग्रह), साथी (निबन्ध सङ्ग्रह) र सरण राईका कविताहरूबारे केही अभिव्यक्ति र विवेचनाहरूः—


 (उपन्यास )
मानव संसार

                                                                         —डा. ध्रुवचन्द्र गौतम

श्री सरण राईको ‘मानव संसार’ एक उद्देश्यपूर्ण उपन्यास हो । लेखकले यसमा एउटा उच्च आदर्शलाई विशाल कल्पनाको चुचुरामाथि पु¥याएर गगनचुम्वी बनाउने प्रयास गर्नु भएको छ । ‘मानव’ पात्र हो, वृद्धाश्रम हो, संस्मरण हो, उपन्यास हो अथवा मृत्यु नजिक पुगेको जीवनको धमिलो आभास हो । धेरै अर्थ लाग्न सक्छन् । जीवन, मृत्यु, राष्ट्रियता, आदर्श, आकाङ्क्षा अनि विभिन्न अवस्था मिलेर बनेको छ ‘मानव संसार ।’ यसमा जीवनको अवसाननजिक  पुगेका पात्रहरूका बाँच्ने आधार खोज्न लेखक प्रयत्नशील देखिनु हुन्छ । त्यो बाँच्ने आधार स्वच्छ र स्वाभिमान समेतको आधार हो । परिवर्तनाको संस्मरण वा आत्मवृतान्तद्वारा बयान गरिएको यस कथामा देश, राजनीति, राजनीतिका विडम्वनाहरू र नागरिकका कर्तव्यका कुराहरू अनि मानिसले जीवनलाई कसरी बाँच्नु पर्दछ भन्ने भावलाई लेखकले भावुक मन र आदर्श र विश्लेषणात्मक मस्तिष्कको प्रयोगद्वारा झल्काउनु भएको छ । आज अर्थव्यवस्था, राजनीति, मानव–जीवनका विभिन्न फाँँटमा देखिएका संकटहरूको निरूपण गर्दै तिनको समाधानतर्फ पनि लेखक जागरुक देखिनु भएको छ ।
      लेखकको भाषा सरल छ, सुबोध छ । शैली सरस छ । पाठकलाई पट्यार लाग्नेछैन भन्ने मेरो धारणा छ । आदर्श र भावुकतालाई कसैले अलिक धेरै पनि मान्न सक्लान् तर उपन्यासको विषयवस्तुले मागेको हुनाले मलाई ती स्वागतयोग्य लागेका छन् ।.प्रेम र राष्ट्रिय भावनाको उच्च बोधले भरिएको यो उपन्यास लेखकको अग्रगामी सोचको परिणाम हो । हाम्रो समाजमा यस्ता स्पष्ट सन्देश दिने उपन्यास पनि चाहिन्छन् । लेखक आÏनो लेखनमा स्पष्ट र इमानदार देखिनु भएको छ; उपन्यासको सफलताका लागि यी कुरा आवश्यक हुन्छन् । आÏनो उद्देश्य सम्प्रेषित गर्न लेखक सफल हुनुहुन्छ । अन्य उपन्यास अझै अगि बढेका आउन् भन्ने शुभकामना लेखकलाई दिन चाहन्छु ।
                                                              (सोही पुस्तकको भूमिकाबाट)

 बेग्लै संसार
—सुरेश प्राञ्जली

पछिल्लोपटक नेपाली आख्यानमा ‘मानव संसार’ नामैले एउटा पृथकता बोकेर आएको उपन्यास हो जसले हरेकको जीवन भोगाइलाई कुनै न कुनै रूपमा समेटेको छ । राजनीतिक, आर्थिक, सामाजिक वा मानसिक रूपले उब्जाउने सङ्कीर्णता, नितान्त व्यक्तिवादी संस्कार, स्वार्थी प्रवृत्ति र उपभोक्तावादी आवरणलाई विभिन्न पात्रको माध्यमबाट सुक्ष्मरूपमा केलाएका छन् उपन्यासकार सरण राईले । किटेरैभन्दा सम्पूर्ण यथार्थहरूको एउटा समग्र रूपक हो प्रस्तुत उपन्यास । यस पुस्तक उपसंहारसहित दुई खण्डमा विभाजित छ । कथाले मानव जीवनप्रतिको प्रेमलाई गहनरूपमा चिरफार गरेको छ दार्शनिक चिन्तनका साथ । कतै पनि एकरसता महसुस नहुने गरी बुनिएका कलात्मक पंक्तिहरूले कतै–कतै भने पाठक स्वयंलाई आÏनो अस्तित्वबोध गर्न बाध्य पारिदिन्छन् ।
आँसु, मिलन–विछोड, आरोह–अवरोह, जीवनको उकाली–ओराली, मिर्मिरे–गोधूली, आह र उच्छ्वासको समिश्रण प्रस्तुत उपन्यास आफैमा एउटा जीवन बाँच्ने कलाको उत्कृष्ट दृष्टान्त हो । लेखकले मान्छेका पीडालाई अति नजिकबाट छाम्ने प्रयत्न गरेका छन् । देशको राजनीतिक परिवृत्तलाई मूलभूत रूपमा उठाएर देशमा विद्यमान अन्योललाई जस्ताको तस्तै उतारेका छन् । एकै वाक्यमा भन्दा एउटी नारीको चरम सफलताको कथा हो यो । चाहे ऊ राजनीतिकर्मी होस् वा पर्वतारोही । प्र्रधानमन्त्री होस् वा वृद्धाश्रम–सञ्चालिका अथवा एउटी सामान्य गृहिणी नै किन नहोस् ।
कुनै पनि जीवन आफैमा सार्थक हुँदैन बरु यसलाई कसरी जिउने भन्ने प्रश्न महत्वपूर्ण हुन्छ । ‘मानव संसार’ आफैमा एउटा दार्शनिक उपन्यास हो जहाँ  जीवनलाई अत्यन्तै कलात्मक रूपमा चित्रण गरिएको छ । बाबुको अनुहारसम्म देख्न नपाएकी एउटी पात्र खिनौरी मातृवात्सल्यको कलेवरमा लुकामारी खेल्दै यौवनको खुड्किलो चढ्न थाल्छे । अभावका कारण दुब्ली, पातली खिनौरीलाई विद्यालयका एक शिक्षक यायावरले प्रश्रय दिएपछि उसको जीवनले नयॉ ऊर्जा प्राप्त गर्छ । शिक्षाको उज्यालोले उसमा अग्रगामी परिवर्तन ल्याईदिन्छ र ऊ खिनौरीबाट परिवर्तनामा रूपान्तरित हुन्छे । ऊ उपन्यासको मुलपात्र पनि हो । चढ्दो यौवनसँगै उसमा स्त्रीसुलभ लज्जा र समर्पणको भाव विकसित हुदै जान्छ । ‘मैले सरलाई मेरो स्त्रीसुलभ भर्खर फक्रिदै गरेको मेरो यौवनसँग पौठेजोरी खेल्नका निम्ति अनेक हावभाव, कटाक्ष र मायालु कुराहरू गरेर आमन्त्रण गरे’, जवान आम युवतीहरूको जस्तै परिवर्तनाको मनको उद्वेग हो यो । उसले क्रमशः अ“ध्यारो र उज्यालोबीचको अन्तर थाहा पाउँछे । हरेक पुराना विचार र सिद्धान्तलाई समयको रफ़्तारले पछाडि धकेल्दै र भत्काउँदै जान्छ भन्ने कुरा बुझ्न थाल्छे । उपन्यासभिञ थुप्रै त्यस्ता विषय छन् जसले हरेकलाई आफ़्नो जिजीविषाको बोध गराउँछ ।
कथा सुरुदेखि अन्त्यसम्म प्रेमको सेरोफेरोमा छ । जवान ठिटाठिटीले एकअर्कामा गर्ने प्रेम होस् या शिक्षकले आफ़्नी छात्रालाई गर्ने प्रेम अथवा आमाले आफ़्ना सन्तानप्रति गर्ने प्रेम नै किन नहोस् । या एउटी साथीले अर्कीलाई गर्ने प्रेम । ‘बाबु–आमाको मन छोराछोरी माथि, छोराछोरीको मन ढुँगामुढा माथि’ भन्ने नेपाली उखानलाई चरितार्थ गर्न मूलपात्र परिवर्तनाका सन्तान पारुहाङ्ग र नायुमाले महत्वपूर्ण भूमिका खेलेका छन् ।
यो उपन्यासमा एकातर्फ़ मानवको वृद्धावस्थाको भावावेश, मनोदशा र प्रवृत्तिलाई केलाइएको छ भने अर्कोतर्फ़  एउटा लेखकले जीवनलाई कति नजिकबाट अनुभूत गर्दोरहेछ भन्ने यथार्थलाई पनि प्रष्ट्याइएको छ । त्यसो त प्रस्तुत उपन्यासको भावपक्ष अलि जटिल लाग्न सक्छ । लेखकले बढी साहित्यिक बन्न नखोजीकन सरलतालाई वस्तुगत रूपमा समेट्न सकेको भए ‘मानव संसार’ अझ उत्कृष्ट हुने थियो ।
                                                      कान्तिपुर, २०६५ माघ २५


—तेजकुमार श्रेष्ठ

मानिसको जीवन, मृत्यु, राष्ट्रियता, आदर्श, मानवीय आकाङ्क्षा अनि मान्छेको जीवनका विभिन्न अवस्था मिलेर बनेको छ  यो उपन्यास । यसमा जीवनको अवसाननजिक पुगेका मानिसहरूको बा“च्ने स्वच्छ र स्वाभिमानको आधार खोज्न लेखक प्रयत्नशील रहेका छन् ।... यस उपन्यासमा देश, राजनीति, राजनीतिक विडम्बना र नागरिकका कर्तव्यका कुराका साथै मानिसले कसरी बा“च्नुपर्छ भन्ने भावलाई उपन्यासकारले भावुक मन, आदर्श र विश्लेषणात्मक मस्तिष्कको प्रयोगद्वारा सरल, सहज रूपमा ब्यक्त गर्न खोजेका छन् ।

गरिमा चैत २०६५, पूर्णाङ्क ३१६



फरक विषयवस्तुको. उपन्यास

—कमल सुवेदी


साहित्यिक वृत्तमा त्यति चर्चामा आउने नाम त होइन त्यो नाम तर राजनीतिक, सामाजिक, सांस्कृतिक तथा समाज सेवाको क्षेत्रमा भने झण्डै चार दशकका लामो कालखण्ड बिताइसकेको छ । राजनीति, प्राध्यापन तथा सामाजिक–सांस्कृतिक आरोह–अवरोहलाई नजिकबाट छामेको नामले तीनवटा कृति जन्माएको छ फरकफरक बिधा अर्थात कविता, निबन्ध र उपन्यासमा । राजधानीबाट टाढा मोफसलमा रमाइरहने एउटा कर्मशील स्रष्टाको नाम हो — सरण राई र हालै उनको नवीनतम औपन्यासिक कृति बजारमा आएको छ ‘मानव संसार’ नाम लिएर ।
..आत्मवृतान्तगत शैलीमा सिनेमाको फ़्ल्यासब्याकशैली सापटी लिएर प्रस्तुत गरिएको उपन्यास भन्दा हुन्छ यो उपन्यास मानव संसारलाई, केही राजनीति, केही आदर्श परिकल्पना, केही जीवन र मृत्युको परिभाषा र केही भावुक मनको उद्वेग–उद्वेलनको चरित्रका रूपमा प्रस्तुत उपन्यासले प्रस्तुतिमा नयाँपन नल्याए पनि विषयगत उठानका रूपमा नयॉआदर्शवादीशैली को सूत्रपात गरेको छ । पुँजीवादी सङ्क्रमणकालमा खिनौरी भन्ने पात्र परिवर्तनामा रूपान्तरित भएको छ उसको आत्मवृतान्तमा वर्णित सामाजिक अर्थ व्यवस्थाले आज हामी बाँँचेको युग र परिवेशको समग्रचित्र पेश गरेको छ । कतै आदर्श र भावुकताको लहडमा उपन्यासकार बग्दै गए पनि सार्थक उद्देश्यतिर लम्केको उपन्यासले अग्रगामी बाटो पक्रेको छ । भत्किएका सपनाहरूलाई कल्पनाको उडानद्वारा साकार पार्न खोज्दा जन्मन पुगेको हो यो उपन्यास र यसको स्वीकारोक्ति पनि उपन्यासकारबाटै भएको छ । जीवनसित बग्दै गएको उपन्यासको नायक मानवको जीवन चरित्रले धेरै अर्थहरूको प्रक्षेपण गरेको छ जहा“ मानव सङ्कटको निरुपणको मार्ग पहिल्याउने प्रयत्नसमेत गरिएको छ ।
झण्डै तीन दशक अगाडिदेखि कविता लेखनतर्फ प्रवृत्त थिए सरण राई । पेसागत जिम्मेवारी सम्हाल्दै आज जीवनको छैटौँ  दशक टेक्न पुग्दा आफ़्नो जीवनसङ्गिनीको वृद्धाश्रम बनाउने र आफूहरू त्यसैमा रहने चाहनालाई भौतिक रूपमा पूरा गर्न नसकेका कारण ‘मानव’ पात्रलाई वृद्धाश्रमको परिपूरक बनाएर औपन्यासिक वृद्धाश्रम निर्माण गरे । उनले बनाएको औपन्यासिक वृद्धाश्रमभित्र माओवादी जनयुद्धको सौन्दर्यशास्त्र, जसका कारणले मुलुकमा स्थापित, लोकतान्त्रिक गणतन्त्र, बीचमा सामन्तवाद–संसदवादको सेरोफेरोमा भए गरेका असमान सन्धि सर्पनहरू, संसदवादी दलहरूको सत्तालिप्साका कारण भएका घीनलाग्दा लेनदेनहरू र यस्तै जीवनलाई हल्लाउने घटना–परिघटनाहरूको फेहरिस्त बन्न पुगेको छ प्रस्तुत उपन्यास ।
यो उपन्यासलाई सरदर उपन्यासको लहरमा राख्दा सम्बद्ध सर्जकलाई अन्याय नभए पनि धर्म निरपेक्षता र जातीय सद्भावको परिचय भने जति नै महत्वका साथ यहाँ  प्रस्तुत गरिएको छ । राईको विचार र दर्शन प्रगतिवाद हो तर प्रगतिवाद सर्वथा फराकिलो र प्रयोगवादी शैलीमा उपन्यासमा प्रयुक्त भएर आएको छ ।
अल्पविकसित देशको समाज, साहित्य, संस्कृति र संस्कारलाई त्यहा“को सत्ता राजनीतिले प्रभाव पारेको हुन्छ । सत्ता राजनीतिलाई सही मार्गमा डो¥याउन उपन्यासमा कतै बिम्ब र प्रतीक त कतै सकारात्मक आग्रहको प्रयोग गरिएको छ । डा. सौन्दर्या, परिवर्तना र मानवजस्ता मुख्य पात्रहरू सत्ता राजनीतिसित प्रत्यक्ष र परोक्षरूपमा बगेका छन् । एउटा बिद्रूप चरित्र र परिवेशलाई सत्ययात्रामा लाग्न अप्रत्यक्ष आग्रहको परिचायक रहेको प्रस्तुत उपन्यासले नेपाली औपन्यासिक यात्रामा उपस्थिति देखाएको छ ।
                                               मधुपर्क ,२०६६,मङ्सिर,पूर्णाङ्क ४८६

                                                                    

 —डा. खेम दाहाल
मानव संसारमा एउटी बालिकाले आÏनो बाल्यकालमा भोगेको दुःख सुखहरूमा सकेसम्म सरल ढङ्गमा प्रकाश भएका छन् । उपन्यासको विषयलाई संस्मरणका माध्यमबाट वृत्ताकारीय शैलीमा प्रकाश गर्ने प्रयास भएको छ, यसको लक्ष्यमा थोत्रा विचार र सिद्धान्तलाई आमूल परिवर्तन गर्नुपर्ने देखाइएको छ । पात्रहरूले राजनीति पनि सफा र सुन्दर बनेको हेर्ने इच्छा राखेका छन् ।
उपन्यासका केही पाता, वाणी प्रकाशन, विराटनगर,२०६७
                                                                       

—रमेश पौडेल
मानव संसार उपन्यासले संसारको भन्दा पनि नेपालको परिवेशलाई समेट्ने प्रयास गरेको छ । उपन्यास वृद्धाश्रम खोल्ने सामान्य विषयबाट सुरु भए पनि यसमा मूलतः राजनीति, धर्म, संस्कार, मृत्यु, प्रेम, क्रान्ति जस्ता विषयहरू समेटिएका छन् । मृत्युलाई महान् व्यक्तिले पनि स्विकार्नु पर्ने सन्देशहरू यस उपन्यासमा पाइन्छ । सरण राई उपन्यासमा नारीवादी भएर देखा परेका छन् र प्रायः सत्पात्रहरू मात्र यहाँ  उपस्थित देखिन्छन् ।
औजार २०६६बैशाख २३


‘मानव संसार’ उपन्यासको मूल्याङ्कन
        
 —हरिलाल पाण्डे
उपन्यासकार सरण राईद्वारा लिखित मानव संसार उपन्यास मूलतः आलोचनात्मक यथार्थवादी धाराबाट प्रभावित भएको पाइन्छ । वि. स. २०६५ सालमा प्रकाशित सरण राईको मानव संसार उपन्यास पहिलो प्रयास हो । त्रिभुवन विश्वविद्यालयमा शिक्षक पेशामा जागिरे राई केही वर्षदेखि अवकाश जीवन व्यतीत गरिरहेका छन् । साठीऔ दशकको विशृङ्खलित सम्पूर्ण अनुभव अनुभूति र विचारलाई आÏनो उपन्यास मानव संसारमा कलात्मकताका साथ समेटेको पाइन्छ । कथा, कविता, निबन्ध बिधामा सफलता हासिल गरिसकेका सरण राईले उपन्यासमा नेपाली समाजको सामाजिक, आर्थिक, धार्मिक, र्सास्कृतिक,  राजनीतिक यथार्थ घटनाहरूलाई आलोचनात्मकताका साथ प्रस्तुत गरेको पाइन्छ । प्रेम, प्रणय, पहिलो पुस्ता र दोस्रो पुस्ताबीच द्वन्द्व, भूमण्डलीकरणको प्रभाव, नारीको महानता आदी विषयवस्तुहरूमा रोचकताकासाथ मानव संसार उपन्यासमा प्रस्तुत भएको पाइन्छ । चरित्र चित्रणका आधारमा उपन्यास सबल रहेको देखिन्छ । प्रमुख, सहायक र गौण पात्रको आवश्यक उपस्थितिले उपन्यासलाई दरिलो बनाएको पाइन्छ । नेपालको सामाजिक, राजनीतिक, आर्थिक अवस्थाको विसङ्गति पक्षलाई व्यङ्ग्य गर्ने विवेच्य उपन्यासको वस्तु, पात्र, भाषा सुहाउ“दो छ । मानव संसार उपन्यासको कथानक ढा“चा वृत्तकारीय छ (दाहाल ≤ २०६५ ः २) । प्रथमपुरुष र तृतीयपुरुष दृष्टिबिन्दु रहेको मानव संसार उपन्यासलाई विभिन्न कोणबाट मूल्याङ्कन गर्दा उपयुक्त हुन्छ ।
मानव संसार उपन्यासलाई आलोचनात्मक यथार्थवादी धाराअन्तर्गत राखेर मूल्याङ्कण गर्न सकिन्छ । सामाजिक अन्धविश्वास, कुप्रथा, अन्याय, अत्याचार, प्रगति उन्नतितिर गतिरोध गर्ने अहितकर कार्यहरूलाई अध्ययन, आलोचना, विश्लेषण, व्याख्या गर्ने प्रवृत्तिलाई आलोचनात्मक यथार्थवाद भनिन्छ (प्रधान≤२०६१ः१४९) । मानव संसार उपन्यासको नायिका परिवर्तनाको वाल्यकालिन सामाजिक अवस्था जातीय भेदभाव र गरिबीको कारण दुःखदपूर्ण रहेको हुन्छ । तात्कालिन सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक, सांस्कृतिक अवस्थालाई जस्ताकोतस्तै रूपमा प्रस्तुत गर्नुका साथै उपन्यासकारले  यसबारे टिकाटिप्पणी, व्याख्या, विश्लेषण गरेको पाइन्छ । एकातिर उपन्यासकारले परिवर्तना तथा अन्य पात्रहरूबाट देशको अराजक स्थिति, शोषक सामन्तले गरिब निमुखाप्रति गरेको अभद्र व्यवहार, भ्रष्टाचार, कमिसनखोर प्रवृत्ति, गरिब झन गरिब हुने बिडम्बना, राजनीतिक अस्थिरताको कारण देश अधोगतितर्फ बढेको स्थिति  देखाएका छन् भने  अर्कोतिर यथास्थितिप्रतिको विद्रोह, सामाजिक विसङ्गतिको आलोचना, अनुशासनहीन र जनविरोधी तŒवहरूस“ग जुध्नुपर्ने अठोट उपन्यासकारको रहेको छ । परिवर्तनाको तत्कालिन गतिरोधलाई क्रमशः अन्त्य गरी देशलाई एउटा प्रगति र उन्नतितर्फ लाने प्रयास सफल भएको देखिन्छ । त्यसकारण मानव संसार उपन्यासमा  उपन्यासकार सरण राईले समसामयिक घटनालाई प्रस्तुत गरी त्यसप्रति विवेचना, आलोचना तथा आÏनो दृष्टिकोण प्रस्तुत गरेको देखिन्छ ।
प्रगतिवादी तथा समाजवादी यथार्थवादी प्रवृत्तिहरू मानव संसार उपन्यासमा देखिन्छ । सामन्तवादी पद्धतिको विरोध, गरिब निमुखा जनताको पक्षमा बोल्ने, समाजवादी ढा“चामा सम्पूर्णलाई बदल्ने इच्छा राख्ने चिन्तक, विचारक प्रगतिवादीभित्र पर्दछन् (सुबेदी ≤२०६४ः१२२ ) । प्रगतिवादी तथा समाजवादी धाराअन्तर्गत रहेर कथाहरू सिर्जना गर्ने सरण राईले आÏनो उपन्यास मानव संसारमा प्रगतिवादी स्वर उजागर गरेको देखिन्छ । गरिब परिवारमा हुर्केकी यस उपन्यासकी नायिका परिवर्तना सामन्ती संस्कारको विरोध गर्छे र गरिब निमुखा शोषणमा परेका जनताहरूको पक्षमा उभिन्छे । परिवर्तना सामन्ती सरकारको आन्दोलनमा सहभागी ह्ुन्छे । गाउ“गाउ“मा गएर गरिब जनताको उन्नति विकास गर्न समर्पित हुन्छे । कुशल प्रधानमन्त्री भएर नेपाली जनताको पक्षमा काम गर्ने र पु“जीवादी सामन्तीहरूको अन्त्य गर्न लागिपर्ने परिवर्तनाको विचार प्रगतिवादले ओतप्रोत भएको देखिन्छ । परिवर्तना नामैले पनि प्रगति र उन्नति उन्मुख देखिन्छ । त्यसैले प्रगतिवादलाई साहित्यमा कलात्मकताका साथ प्रस्तुत गर्ने सरण राई यस मानव संसार उपन्यासमा पनि त्यतिकै सजक र सफल देखिन्छन् ।
मानव संसार उपन्यासमा स्वच्छन्दतावादी प्रवृत्तिहरू पनि देखिन्छ । भावुकता, प्रकृतिप्रेम, प्रेम प्रसङ्ग, आध्यात्मिक चेत, विद्रोह, क्रान्ति आदी प्रवृत्ति भएको सुधारवादी आदर्श र पलायनवादी यथार्थको पक्षमा केन्द्रित रहेको वाद नै स्वच्छन्दवाद हो (सुवेदी≤२०६४ः८३,८४) । परिवर्तनाले शिक्षक यायावरस“ग गरेको प्रेम, समर्पण, भावुकपन आदीलाई निकै रोचकताका साथ स्वच्छन्दवादी शैलीमा सरण राईले मानव संसार उपन्यासमा प्रस्तुत गरेको पाइन्छ । हिमाल, पहाड र तराईका प्राकृतिक छटाहरू, सुन्दर र मनोहर दृष्यहरूको वर्णनले विवेच्य उपन्यास उत्कृष्ट बनेको देखिन्छ । परिवर्तना र यायावरको भोगविलास, परिवर्तना र गोकुल ‘मानव’को आत्मीय प्रेम, निर्मलाको  गोकुल ‘मानव’प्रतिको एकोहोरो आकर्षण, आन्तरिक द्वन्द्व साथै समाज परिवर्तनको लागि परिवर्तना, यायावर, गोकुल ‘मानव’, डा. सौन्दर्या आदी पात्रहरूले गरेको क्रान्ति, परम्पराप्रतिको विद्रोह र प्रकृतितर्पmको झुकाव, भावुक संवेदना, स्वप्निल आकाङ्क्षा, अन्र्मुखी आत्मभिराम आदीले गर्दा मानव संसार उपन्यास स्वच्छन्दतावादी बन्न पुगेको देखिन्छ ।
विसङ्गतिवादी तथा अस्तित्ववादी प्रवृत्तिका आधारमा पनि मानव संसार उपन्यासलाई मूल्याङ्कन गर्न सकिन्छ । लामो सङ्घर्षपछि सफलता प्राप्त हु“दैन र केवल निराशा, कुण्ठा र विसङ्गतिका स्थिति देखा पर्छ भने त्यही नै विसङ्गतिवाद हो (सुवेदी≤२०६४ः२९५) । देशको राजनीतिक अवस्था, गाउ“लेहरूको दयनीय स्थिति, अव्यवस्थित सहरीकरण आदीले गर्दा परिवर्तनमा केही विसङ्गतिका रेखाहरू देख्न सकिन्छ । डा. सौन्दर्यामा आÏनो प्रेमीले धोका दिए पछि कहिल्यै विहे नगर्ने सङ्कल्प गर्नु र लोग्ने मान्छेहरूलाई विश्वास नगर्नु विसङ्गतिवादी सोच हो । शिक्षक यायावर पनि एकै ठाउ“मा बस्न नरुचाउने विसङ्गति र जीवनप्रति निराश भई चारैतिर हिड्न रुचाउने पात्र हो । जीवनप्रतिको आस्था, अस्मिताको लागि  सङ्घर्ष, संस्कृति र दुष्कृतिहरूप्रति आन्तरिक विद्रोह, विपरित यौन भोगको अनुभूति आदी प्रवृत्तिहरू अस्तित्ववादअन्तर्गत पर्दछन् (सुवेदी  ≤२०६४ः३३०–३३४) । खिनौरीले यायावरस“ग गरेको भोगविलास र प्राप्त सन्तुष्टी, तृप्ति, परिवर्तनाको आमाले गरेको जीवन सङ्घर्ष, परिवर्तना विभिन्न समस्यालाई झेल्दै एउटा सफल आरोही बन्नु, प्रधानमन्त्री हुनु र वृद्धाश्रम निर्माण गर्नु आदी उसमा अस्तित्ववादी चेत जुरमुराएको देखिन्छ । डा. सौन्दर्यामा विसङ्गतिवादी सोच भए पनि आÏनो सम्पूर्ण सम्पत्ति बालआश्रमलाई हस्तान्तरण गर्नु, शरीर दान गर्नकासाथै प्रभानमन्त्री भएर विभिन्न महŒवपूर्ण काम गर्नुले उसमा पनि अस्तित्ववाद भेट्न सकिन्छ । त्यसैले यस उपन्यासका पात्रहरू विसङ्गतिको बोध भएपछि अस्तित्वतर्फ उन्मुख भएका पाइन्छन् । अरु पात्रहरू पनि जोश, जागर प्रशस्त भएको देख्न सकिन्छ । त्यसैकारण विसङ्गतिवादी तथा अस्तित्ववादी प्रवृत्ति मानव संसार उपन्यासमा रहेको देखिन्छ ।
नारीवादी स्वरहरू मानव संसार उपन्यासमा झल्किएको पाइन्छ । मुख्य पात्रहरू नै नारी भएकोले नारीवादी विचारहरू गुञ्जायमान भएको विवेच्य उपन्यासमा नारी स्वतन्त्रता, नारी अस्मिता, लैङ्गिक भेदभावको विरोधआदीजस्ता प्रवृत्तिहरू रहेको देखिन्छ । परिवर्तना एउटा निम्नवर्गीय नारी भएर विश्वविख्यात भएकी छे । सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी ऊ एउटा सफल प्रधानमन्त्री बनेर उदाहरण बनेकी छे । डा. सौन्दर्या पनि त्यस्तै अर्को उदाहरण हो । उपन्यासकार सरण राईले मानव संसार उपन्यासमा नारीले गरेको सङ्घर्ष र प्राप्त सफलता, उनीहरूको सोच विचार पुरुषको समान रहेको देखाई नारी र पुरुष समान हुन् भन्ने विचार व्यक्त गरेको पाइन्छ ।
मानव संसार उपन्यासमा पात्रहरूको आन्तरिक र बाह्य दुवै मनको चित्रण गरेको पाइन्छ । उपन्यासकार सरण राईले मनोविश्लेषणात्मक तवरबाट पात्रका मनका पत्रहरू केलाउने प्रयास गरेको देखिन्छ । खिनौरीको मनमा उठेको आन्तरिक र बाह्य तरङ्गहरू, परिवर्तनामा गोकुल ‘मानव’प्रति उठेका भित्री मनका जिज्ञासाहरू, प्रेमीले छोडेर जा“दा प्रेमिकाका मनमा उब्जेका विछोडका क्षणहरूआदीलाई मनोविश्लेषणात्मक पद्धतिबाट राईले विवेच्य उपन्यासमा प्रस्तुत  गरेका छन् ।
समग्रमा सरण राईको मानव संसार उपन्यासले आलोचनात्मक यथार्थवादी धाराअन्तर्गत रहेर प्रगतिवादी मूल्य मान्यतालाई पनि व्यक्त गरेको पाइन्छ । यस उपन्यासमा यथार्थवाद, मनोविज्ञान, स्वच्छन्दवाद, अस्तित्व तथा विसङ्गतिवाद, अतियथार्थवाद, नारीवाद आदी वादहरू भेट्न सकिन्छ ।
समग्रमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्रेम–प्रणय, क्रान्ति, धर्म, संस्कार, परिवर्तन आदी विषयवस्तुलाई नितान्त मौलिक ढङ्गमा उपन्यासकार सरण राईले मानव संसार उपन्यासमा चित्रित गरेकाले नेपाली उपन्यास साहित्यमा उपन्यासकार सरण राईको महŒवपूर्ण भूमिका रहेको देखिन्छ ।
                                                        सरण राईको आख्यानकारिता
अप्रकाशित (त्रिभुवन विश्वविद्यालय, मानविकी र सामाजिकशास्त्र सङ्कायअन्तर्गत महेन्द्र वहुमुखी क्याम्पस धरान, नेपाली विभागको स्नातकोत्तर तह दोस्रो वर्षको दसौ“ पत्रको प्रयोजनार्थ प्रस्तुत शोधपत्र ) बाट ।



सरण राईका कथाहरूको मूल्याङ्कन
                                                                    

—किरण पराजुली
सरण राईले आÏना कथाहरूमा हाम्रै समाज र त्यस वरपरका विषयवस्तुलाई प्रस्तुत गरेका छन् । राईले आÏना कथाहरूमा सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिकआदी विषयवस्तुको चयन गरेका छन् । उनका ‘बिहानको प्रतीक्षामा’, ‘ब्लाकबोर्ड, चक र डस्टर’, ‘रमेशबहादुर’, ‘प्रेरणाको सानो झिल्को’ आदी कथाहरू सामाजिक विषयवस्तुमा आधारित रहेका छन् भने ‘पापको निरन्तर क्रमिकता’, ‘अन्तिम स्वीकारोक्ति’जस्ता कथा राजनैतिक विषयवस्तुमा आधारित रहेका छन् ।
राईका कुनै कथाहरूमा विसङ्तिवादी, अस्तित्ववादी तथा मनोवैज्ञानिक चिन्तनको प्रभाव परेपनि त्यसले बलियो गरी स्थान जमाउन सकेको देखिदैन । त्यसैले सामाजिक यथार्थवादी, विसङ्गतिवादी, अस्तित्ववादी, मनोवैज्ञानिक कथाको धारमा उभिन खोजेता पनि उनका समग्र कथामा रमेश विकलको प्रभाव परेकाले उनलाई समाजवादी यथार्थवादी कथाकारको रूपमा लिन सकिन्छ । उनी यस युगका सबै किसिमका सन्दर्भ र परिवेशलाई आÏनो कथामा अटाउने प्रयास गर्छन्, युग चेतना भर्ने गर्छन् ।
उनका ती समग्र कथाहरूको विषयवस्तु सामाजिक धरातलबाट टिपिएका देखिन्छन् । विशेषत तल्लो वर्ग, शोषितवर्ग र सीमान्तीकृतवर्गका पक्षमा उनको लेखनी झुकेको पाइन्छ । उनको ‘बिहानको प्रतीक्षामा’ कथामा एउटा गरिब परिवारको कारुणिक जीवन प्रस्तुत गर्दै गरिब, शोषित, पीडितहरूले गरिबी, शोषण, अन्याय, अत्याचार सहनुपरे तापनि एकदिन निश्चय नै नया“ बिहान आउने आशा कथाकारले व्यक्त गरेर प्रगतिवादी दृष्टिकोण प्रस्तुत गरेका छन् । ‘रमेशबहादुर’ कथाको नायक रमेशका माध्यमबाट नेपाली समाजका गरिब व्यक्तिहरूले सधै“ गरिबीमा नै जीवन व्यतीत गर्नु परेको यथार्थ प्रस्तुत गरिएको पाइएको छ । एउटा शिक्षकको मार्मिक कहानीलाई ‘ब्लाकबोर्ड, चक र डस्टर’कथाका माध्यमबाट प्रस्तुत गरिएको छ । ‘खराब सोचाइ’ कथामा ‘वनको बाघले खानु कहा“ छ मनको बाघले खान्छ’ भन्ने उखानलाई प्रस्तुत गर्न ‘म’पात्रका मनमा अनेक खराब सोचाइहरू प्रवेश गराइएका छन् । ‘जब घाम डुब्न लाग्छ’कथामा गरिब र तल्लो वर्गका मानिसहरू दिनभर असफल प्रयासहरू गर्ने र बेलुका भएपछि भोलिको घामको झुल्कोस“गै आÏनो सफलताको सुरुवात हुने कल्पना गर्न थाल्छन् भन्ने कुरा उठाइन्छ । ‘श्रापित युगका अदना जिन्दगीहरू’ कथामा यो युगका मान्छेहरू गरिब, दुःखी, शोषित, पीडित भएकाले यो युग नै बदल्न पाए हुन्थ्यो भन्ने विचार प्रस्तुत गरिएको पाइन्छ । ‘पापको निरन्तर क्रमिकता’ कथामा कथाकारले एउटा साधारण मानिस विभिन्न निहु“ बनाई राजनीतिको ठूलो पदमा पुग्ने र त्यसको पछि लाग्ने नेपालीहरूको चरित्र उद्घाटन गरिएको पाइन्छ । ‘प्रेरणाको सानो झिल्को’ कथामा मानिसले आपूmभन्दा सानाबाट पनि प्रेरणा पाउन सक्छ भन्ने कुरा ठूलीले सानो केटोबाट प्रेरणा पाएको देखाएर व्यक्त गरिएको छ । ‘अन्तिम स्वीकारोक्ति’ कथा जनआन्दोलन भाग २को समयमा लेखिएको ऐतिहासिक महŒवको कथा भएको कुरा राईस“गको भेटवार्तामा व्यक्त गरेका छन् । यस कथामा जनताको पक्षमा लड्नेहरूको जहिले पनि विजय हुने विषय प्रस्तुत गरिएको छ ।
                             सरण राईको जीवनी, व्यक्तित्व र कृतित्व— एक अध्ययन
अप्रकाशित (त्रिभुवन विश्वविद्यालय, मानविकी र सामाजिकशास्त्र सङ्कायअन्तर्गत महेन्द्र वहुमुखी क्याम्पस धरान, नेपाली विभागको स्नातकोत्तर तह दोस्रो वर्षको दसौ“ पत्रको प्रयोजनार्थ प्रस्तुत शोधपत्र ) बाट


—हरिलाल पाण्डे
समग्रमा सरण राईका कथाहरूको अध्ययन विश्लेषण गर्दा सामाजिक धरातलबाट विषयवस्तु उठान भएका देखिन्छन् । मुख्यतः समाजवादी यथार्थवादी धारालाई अवलम्बन गरी कथाहरूको रचना गर्ने राईका कथाहरूमा अन्याय अत्याचारमा पिल्सिएका तल्लोवर्ग शोषित सीमान्तकृत वर्गआदीको पक्षमा वकालत गरिएको हुन्छ ।  तत्कालिन समयको यथार्थ वस्तुस्थितिलाई विभिन्न पात्रहरूको माध्यमबाट कथाकारले व्यक्त गरेको देखिन्छ ।  कथाकार सरण राईले बिहानको प्रतीक्षामा कथामा एउटा गरिब परिवारको कारुणिक अवस्थाको चित्रण गर्दै शोषित, पीडित, गरिब, दुःखीहरूले विभिन्न अन्याय, अत्याचार, शोषण, उत्पीडन सहनु परेपनि एक दिन अवश्य गरिबको दिन फिर्छ र नया“ बिहान अवश्य आउ“छ भन्ने समाजवादी यथार्थवादी विचार प्रस्तुत गरेका छन् । मानिसहरू नियति निदृष्ट हुन्छन् र समाजमा गरिब व्यक्तिहरू सधै“ गरिबीमै जीवन व्यतीत गर्नु पर्ने यथार्थ रमेशबहादुर कथामा प्रस्तुत गरिएको पाइन्छ । राईको ब्लाकबोर्ड, चक र डस्टर कथामा एउटा शिक्षकको मार्मिक अवस्थाको चित्रण गर्नुका साथै उसका इच्छा आकाङ्क्षाहरू कहिल्यै पूरा नहुने विचार रहेको पाउन सकिन्छ । खराब सोचाइ कथामा ‘वनको बाघले खानु कहा“ छ कहा“, मनको बाघले खान्छ’ भन्ने उखानलाई पुष्टि गर्न खोजिएको देखिन्छ  र पात्रको मनमा आएको  खराब सोचाइहरूलाई वास्तविक रूपमा दिएको पाइन्छ । मानिसहरू एक्लो वा फुर्सद भएको समयमा विभिन्न समयमा विभिन्न नकारात्मक र असान्दर्भिक विषयहरूले प्रश्रय पाउ“छन् भन्ने विचार खराब सोचाइ कथामा कथाकार राईको पाइन्छ । राईको अर्को कथा श्रापित युगका अदना जिन्दगीहरूमा यस युगका मानिसहरू गरिब, दुःखी, शोषित, पीडित भएकाले युग नै बदल्न पाए हुन्थ्यो भन्ने विचार कथाकारको रहेको देखिन्छ । श्रीमान र श्रीमतीबीचको झगडालाई सामान्य रूपमा लिनुपर्छ भन्ने धारणा पनि यस कथामा कथाकारको रहेको छ । जब घाम डुब्न लाग्छ कथामा असफल गरिब पात्र भोलिको घामको झुल्कोस“गै आÏनो सफलताको सुरुवात हुने कल्पना गर्छ भन्दै उज्ज्वल भविष्यको आशामा रमाउने युवाहरूको समस्याहरूलाई दिशानिर्देश गरिएको पाइन्छ । नेपालको जनआन्दोलनकालिन समयको सामाजिक, आर्थिक, राजनीतिक स्थितिको सजीव चित्रण पापको निरन्तर क्रमिकता कथामा कथाकार राईले गरेको पाइन्छ । प्रेरणाको सानो झिल्को कथामा कथाकार राईले बिधुवा महिलाको मनमा उब्जिएको दुःख, वेदना, उसले भोग्नु परेको पीडा साथै ठूला मानिसले आपूmभन्दा सानाबाट पनि प्रेरणा पाउन सक्छ भन्ने कुरा ठूली पात्रले सानो केटाबाट प्रेरणा पाएको देखाएर व्यक्त गर्न खोजिएको छ । अन्तिम स्वीकारोक्ति जन आन्दोलन भाग—२को समयमा लेखिएको उत्कृष्ट कथा हो । जनताको हितमा लड्नेहरू जो कोही पनि विजय हुने विषय यस कथामा प्रस्तुत गरिएको छ । समग्रमा राईका कथाहरूले नेपाली समाज, परिवेशलाई नजिकबाट छुन सकेको देखिन्छ । दुई दशकभन्दा अगाडिका कथाहरू र वर्तमान अवस्थामा लेखिएका कथाहरूमा भिन्नता भए पनि विषयवस्तु भने सामाजिक नै रहेको छ । राईको सफल पक्ष भनेको युगचेतनाको छाया चित्र देखाउने हो । त्यसकारण सरण राई नेपाली साहित्यको आख्यानको कथा बिधामा प्रगतिवादलाई आत्मसात गरी कथाहरू रचना गर्ने महŒवपूर्ण कथाकार हुन् । उनको योगदान नेपाली साहित्यमा अतुलनीय छ ।
                                                       सरण राईको आख्यानकारिता
अप्रकाशित (त्रिभुवन विश्वविद्यालय, मानविकी र सामाजिकशास्त्र सङ्कायअन्तर्गत महेन्द्र वहुमुखी क्याम्पस धरान, नेपाली विभागको स्नातकोत्तर तह दोस्रो वर्षको दसौ“ पत्रको प्रयोजनार्थ प्रस्तुत शोधपत्र ) बाट


अन्तिम स्वीकारोक्ति
(कथा सङ्ग्रह)
                                                                                —साझा प्रकाशन
यसमा सङ्गृहित प्रायः कथाहरू सामाजिक समस्यामै केन्द्रित छन् । राजनीतिक क्षेत्रमा देखिएका विसङ्गति, पेसागत धर्म, जीवनप्रतिको मोह र आशावाद, सामाजिक क्रियाकलापमा परिवेशले पारेको प्रभाव, मानवीय आत्मसम्मानजस्ता विषयवस्तुमाथि लेखकको मौलिक प्रस्तुतिले कथात्मक रूप र ढा“चा रोचक बनाएको छ ।
सङ्ग्रहका कथाहरूको शैली र प्रस्तुति आकर्षक छ । सबै कथाहरू अन्वितिमूलक तहसम्म पुगेका छन् ।
अन्तिम स्वीकारोक्ति(कथा सङ्ग्रह) को भूमिकाबाट


सरण राईका निबन्धहरूको मूल्याङ्कन

                                                                             —किरण पराजुली
निबन्धकारको रूपमा सरण राईका पच्चीसवटा निबन्धहरूको सङ्ग्रह साथी २०६४ सालमा प्रकाशित भएको छ । यस भित्रका निबन्धहरूमा राईले आÏना वैचारिक धारणाहरू व्यक्त गरेका छन् । साथी निबन्धमा राईले प्रत्येक मानिसका साथीहरू अवश्य हुने र ती विभिन्न प्रकृतिका हुने विषय प्रस्तुत गरेका छन् । उनी सम्पूर्ण नेपाललाई एउटा घर र नेपालीलाई एउटा परिवार मानेर निबन्ध लेख्ने निबन्धकार हुन् । नेपालीहरू परिश्रमी भएकाले छिटै समृद्धिको बाटोतिर लम्कने विचार प्रस्तुत गरेका निबन्धहरू लेखेका छन् । उनका निबन्धमा नेपालीहरूका आ“खा आफै नझुकेर र राजनैतिज्ञहरूले झुकाएका कुरा प्रस्तुत गरेका छन् । प्रत्येक व्यक्तिमा देश, जनता र आफन्तहरूका प्रति कुनै न कुनै दायित्व रहने कुरा पनि निबन्धमा प्रस्तुत भएका छन् । उनका निबन्ध समाजसेवालाई मुख्य विषयवस्तु बनाएका पनि छन् जसमा देशलाई समाजसेवीहरूको खा“चो रहेको विषय प्रस्तुत गरिएको छ । उनका निबन्धहरूमा राजनैतिक विषयवस्तुहरू प्रस्तुत गर्दै असत् राजनीतिको विरोधमा आवाज बुलन्द गराउन आग्रह गरिएका विषय पनि समाविष्ट छन् । यस दुनियामा जुनसुकै कुरा पनि नक्कली भएको विषय उनका निबन्धमा प्रस्तुत भएको पाइन्छ । यी निबन्धहरूमा ‘मेरो घर मेरो परिवार’, झुकेका आ“खाहरू’, चिनारु मनिसहरू’ आदी पर्दछन् ।  आज पुराना कुराहरूमा धेरै परिवर्तन भइसकेको विषय पनि उनले आÏनो निबन्धहरूमा प्रस्तुत गरेका छन् र एउटा गरिबको पूरै जिन्दगी दुःखै दुःखमा बितेको कुराहरू प्रस्तुत भएका छन् । राईका निबन्धहरूमा प्रकृतिको सुन्दर वातावरणमा रम्ने मानिसको प्रवृत्तिमा परिवर्तन आएर आजको प्रविधिको विकासस“गै आधुनिकतातर्फ ढल्किएको विषय पनि प्रस्तुत भएका छन् र राईको निबन्धमा पुराना नया“ पुस्तामा हुने विसङ्गतिलाई पनि विषयवस्तु बनाएको देखिन्छ । उनका निबन्धमा आजको कोलाहलमय वातावरणमा जताततै हत्या, हिंसा, आतङ्क भइरहेको समसामयिक विषय प्रस्तुत भएको छ र मान्छे चिन्तामा परेको विषय प्रस्तुत गरिएको पाइन्छ ।
राईका निबन्धहरूमा मान्छेको एक पटक पाएको जीवनलाई आनन्दपूर्वक बिताउनु पर्ने कुरा पनि प्रस्तुत गरिएका पाइन्छन्  । राईका निबन्धमा जीवन यही हो भनेर भन्न नसकिने अवस्था रहेको कुरा प्रस्तुत गर्दै व्यक्ति, स्थान र समयअनुसार जीवनलाई हेर्ने दृष्टिकोणमा भिन्नता रहने यथार्थ प्रकाशन भएको पाइन्छ । उनका निबन्धमा आजका मानिसहरू जुनसुकै विषयमा पनि गुनासो गर्ने तर त्यसको समाधानतर्पm नलाग्ने कुरा प्रस्तुत गरिएको पाइन्छ । उनका निबन्धमा आजको संसारमा कही पनि सुख, शान्ति र अमनचैन नभएको समयसामयिक वास्तविकता प्रस्तुत गर्दै मान्छेले कल्पनामै भए पनि रमाउनु पर्ने विचार व्यक्त भएको पाइन्छ । उनका निबन्धमा सबैका अन्नदाता भएर पनि किसान गरिब र भोका हुने अवस्था रहेको कुरा प्रस्तुत गर्दै यस्ता महान् किसानहरूको उद्धार हुनुपर्ने विषय प्रस्तुत गरिएको छ । उनका निबन्धमा यो संसार भ्रममा नै अडेको विषय प्रस्तुत गर्दै यहा“ सबै कुरामा भ्रम रहेको कुरा प्रस्तुत गरेका छन् । मान्छेको पूर्वजन्म र पूनर्जन्म, यो सृष्टि सबै भ्रम रहेको कुरा निबन्धको विषय रहेको छ । राईका निबन्धमा जोकोही मान्छेको मन सधैं छटपटि रहने विषय प्रस्तुत भएको छ । यस्तै अन्य निबन्धमा मान्छेको जन्मदेखि उसको जीवन यात्रा सुरु हुने र अन्तिम बिसौनी अर्थात मृत्युमा पुगेर यात्रा पूरा हुने विषय प्रस्तुत गर्दै यसबीचमा कैयौं घुम्ती र मोडहरू पार गर्नु पर्ने कुरा मुख्य रूपमा आएका पाइएका छन् । त्यस्तै सबै मानिसहरूले एकदिन अन्तिम बिसौनीमा पुग्नैपर्ने यथार्थ पनि निबन्धहरूमा व्यक्त गरिएको पाइन्छ । यी निबन्धहरूमा  ‘गुनासो किन ?’, ‘कल्पनाको आकाश’, ‘मनको छटपटि’, ‘भ्रम’, ‘अन्तिम बिसौनी’ मुख्य छन् ।
 सरण राई नेपाली साहित्यमा  वहुबिधामा कलम चलाउने समकालीन समयमा प्रतिभाका रूपमा देखा परेका हस्ताक्षर हुन् । उनी हाम्रै समाजमा रहेका सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक आदी विषयवस्तुलाई आÏना रचनामा प्रकाश पार्छन् । उनको लेखनी नेपाली साहित्यको प्रगतिवादी धाराअन्तर्गत रहेको देखिन्छ । उनी सरल भाषाका प्रस्तोता र उपमाहरू भरेर रचना गर्ने साहित्यकार हुन् । उनको साहित्ययात्राले  आज चलेका साहित्यिक मोडहरू पछ्याउने, चलेका धाराहरूमा बग्ने प्रयास र समयलाई भेट्ने जमर्काे गरेको छ ।
            सरण राईको जीवनी, व्यक्तित्व र कृतित्व— एक अध्ययन
अप्रकाशित (त्रिभुवन विश्वविद्यालय, मानविकी र सामाजिकशास्त्र सङ्कायअन्तर्गत महेन्द्र वहुमुखी क्याम्पस धरान, नेपाली विभागको स्नातकोत्तर तह दोस्रो वर्षको दसौ“ पत्रको प्रयोजनार्थ प्रस्तुत शोधपत्र ) बाट


—डा. खेम दाहाल
सरणकुमार राई (२००४) को प्रध्यापन पेसामा लामो समय बितेको हो । राईको लेखनमा प्राध्यापक हुनुभन्दा अगाडिको विद्यार्थी जीवन ऊर्जा भएको पाइन्छ । प्रध्यापन पेसामा लागेर चिन्तनको गहिराइलाई विस्तार गर्दै लगेर एउटा गम्भीर गद्यमा हात हाल्ने राईले प्रगतिवादी वा यथार्थवादी निबन्धहरूस“ग मिल्ने लक्षण भएका अत्यन्त छोटा र केही लामा आकारका  निबन्ध सिर्जना गरेकोे पाइन्छ जसको भाषाशैली सरल र सरस पनि छ ।
साथी (निबन्ध सङ्ग्रहं) को भूमिका बाट

नोदनिधि बराल

सरण राई यथार्थवादी–प्रगतिवादी धाराका निबन्धकार हुन् । उनको साहित्ययात्रा वि। सं। २०२२ को दैलो पत्रिकामा प्रकाशित भ्रम शीर्षकको कविताबाट प्रारम्भ भएको हो । कविता विधाबाट प्रारम्भ भएको उनको साहित्ययात्रा निबन्ध, कथा र उपन्याससम्म विस्तारित भएको छ । सरण राईले आफ्नो साहित्ययात्राका क्रममा समाजका यथार्थ घटनाहरुलाई मुख्य विषयवस्तु बनाएका छन् । उनका निबन्धहरूमा यथार्थता उद्घाटन भएको हुन्छ । उनका निबन्धमा बौद्धिकताको प्रयोग पनि भएको पाइन्छ । समाजका विकृति र विसङ्तिप्रति व्यङ्ग्यात्मक प्रस्तुति गर्ने शिल्प पनि राइृका निबन्धमा भेटिने महत्वपूर्ण पक्ष हो । समाजका जल्दाबल्दा समस्याहरूलाई आफ्ना निबन्धमा प्रस्तुत गर्दै ती समस्याहरूको निराकरण गर्नु उनको निबन्धगत प्रवृत्ति हो । राईका निबन्धमा समाज सभ्य, समुन्नत र संवेदनशील हुनुपर्ने आग्रह पाइन्छ । समाजबाट नराम्रा कुराहरू हटाएर विकृति र विसङ्तिको अन्त्य गर्न सकेमा सबल र सक्षम राष्ट्र निर्माणमा टेवा पुग्ने कुरा पनि राईले आफ्ना निबन्धमा प्रष्ट पारेका छन् । समाजमा अन्याय, अत्याचार, दमन, शोषण तथा उत्पीडनको उल्लेख गर्दै यस्ता विकृति र विसङ्गति सहन बाध्य मानिसहरूप्रति विशेष सहानुभूति राख्नु उनको निबन्धकारिता हो । समाजमा शोषक र शोषित वर्गका वीचमा द्वन्द्व देखाई शोषित तथा पीडित वर्गको विजउ अनि शोषक वर्गको पराजय देखाउने प्रवृत्ति सरण राईमा पाइन्छ । आफ्नो योग्यता र क्षमता अनुसारको रोजगारी पायन तथा सम्मानित जीवन यापन गर्न पनि वर्गरहित समाजको आवश्यकता पर्ने विचार राईको निबन्धको विषयवस्तु हुन्छ । सामाजिक विषयलाई लिएर निबन्ध लेख्ने राईका निबन्धमा आलङ्कारिक, सहज र सरल भाषाशैलीको प्रयोग भएको छ ।
सरण राई नेपाली साहित्यका वहुमुखी व्यक्तित्व हुन् ।उनले निबन्ध बाहेक कथा, उपन्यास र कविता बिधामा पनि कलम चलाएका छन् । उनका १६वटा कथाहरूको सङ्ग्रह अन्तिम स्वीकारोक्ति र मानव संसार उपन्यासजस्ता कृतिहरू प्रकाशित भएका छन्  ।
निबन्धकार सरण राईको निबन्ध यात्रा २०२०को दशकपछि प्रारम्भ भएको हो । सरण राई आत्मपरक निबन्धकार हुन् । निबन्धको शीर्षक चयन गरी त्यसै शीर्षकमा केन्द्रित रहेर आफ्ना मनका लागेका कुराहरू प्रस्तुत गर्नु आत्मपरक निबन्धको विशेषता हो । साथी निबन्ध सङ्ग्रहमा सङ्कलित पच्चीस ओटा निबन्धमा विविध विषयवस्तुलाई समेट्ने प्रयास  गरको छन् । उनका निबन्धको शीर्षक चयनमा विविधता पाइन्छ । विषयवस्तुमा पनि विविधता पाइन्छ । शीर्षक चयन, विषयवस्तु, प्रस्तुतिकरणको शिल्पशैली हादि कुरामा पनि राईका निबन्धमा विविधता पाइन्छ ।  त्यसैले राई विविध विषयमा निबन्ध रचना गर्ने स्रष्टा हुन् भन्न सकिन्छ ।
 साथी निबन्ध सङ्ग्रहमा सङ्कलित पच्चीस ओटै निबन्धका आयाम पनि असमान रहेका छन् । अनुच्छेदहरू पनि विशृङ्खलित तथा विविधतापूर्ण रहेका छन् । धेरै छोटा तथा लामा निबन्धहरू यस सङ्ग्रहमा रहेका छैनन् । सबै निबन्धहरू छोटा तथा मझौला आयाममा संरचित छन् । कुनै–कुनै निबन्धमा विधामिश्रण र काव्यात्मक भाषाको प्रस्तुतिकरण रहेको पाइन्छ । निबन्धका वीच–वीचमा गीतका टुक्राहरू, कविताका अंशहरू प्रयोग गर्ने प्रवृत्ति पनि राईका निबन्धमा पाउन सकिन्छ । छोटाछरिता शीर्षकको चयन गर्नु, शीर्षकमा केन्द्रित रहेर निबन्ध विस्तार गर्नु, आपूmले देखेका तथा अनुभव गरेका कुरालाई समेटेर निबन्ध्के स्वरूप प्रदान गर्नुजस्ता विशेषताहरूनिबन्धकारका निजी विशेषता हुन् भन्न सकिन्छ । यस्ता विविध कारणले गर्दा सरण राई उच्चबौद्धिक क्षमता भएका भावुक र कल्पनाशील एवम् गम्भीर रूपले आफ्नानिबन्धहरू प्रस्तुत गर्ने स्थापित विशिष्ट निबन्धकार हुन् भन्ने कुरा प्रमाणित हुन्छ ।
सरण राईको निबंध्कारिता
अप्रकाशित (त्रिभुवन विश्वविद्यालय, मानविकी र सामाजिकशास्त्र सङ्कायअन्तर्गत महेन्द्र वहुमुखी क्याम्पस धरान, नेपाली विभागको स्नातकोत्तर तह दोस्रो वर्षको दसौ“ पत्रको प्रयोजनार्थ प्रस्तुत शोधपत्र ) बाट







सरण राईका कविताहरूको विश्लेषण
—किरण पराजुली
सरण राईले विभिन्न विषयवस्तुलाई आधार बनाएर कविताहरू रचना गरेका छन् । सरण राईका कविताहरूमा  राष्ट्रियता, मानवता र स्वतन्त्रताका स्वरहरू मुख्य रूपमा ध्वनित हुन्छन् भने अर्कोतिर राजनैतिक विकृति र विसङ्गतिहरूलाई प्रकाशमा ल्याइएको पाइन्छ । उनका कवितामा नैतिक आध्यात्मिक चिन्तनहरू पनि पाइन्छन् । उनको ‘हामी लहर हौ“’ कविता देशभक्तिको भावनाले ओतप्रोत भएको कविता हो । यस कवितामा राष्ट्रप्रेमलाई नै मुख्य विषयवस्तु बनाइएको छ  ≤
जस्तैः  हामी मानवताको गीत गाउ“छौ“
       मेची हाम्रो हो अनि महाकाली
       सुस्ता हाम्रो हो
       हाम्रो हो लाखौं सहिदहरूको रगतले रङ्गिएको देश

यस्ता पङ्क्तिहरूमा देशप्रेमका भावना ओतप्रोत भएको पाइन्छ ।
राईको अर्को कविता ‘कसिएको मुठ्ठी हाम्रो हो’ वीरतापूर्ण भावहरूले भरिएको कविता हो । यस कवितामा राईले नेपालीहरू वीर छन् भन्ने कुरालाई विषयवस्तुका रूपमा अगाढि सारेका छन्  ≤
जस्तैः  भा“चिएको पाखुरा हाम्रो होइन
       कसिएको मुठ्ठी हाम्रो हो
       अनि
       पानी जस्ता पातला पूर्व कथाहरू हाम्रा होइनन्
       रगतले रङ्गिएको बाक्लो इतिहास हाम्रो हो ।
यस कवितामा राईले यस्ता पङ्क्तिहरूको प्रयोगद्वारा नेपालीहरूको वीरताको कथालाई मूलतः विषयवस्तु बनाएको पाइएको छ ।
कवि राईको ‘मानिस’ शीर्षकको कवितामा आजको मान्छेको यथार्थ जीवनभोगाइलाई मूलतः विषयवस्तु बनाइएको पाइन्छ । यस कवितामा आजको मानिस मानिसहरूको भेलमा बगिरहेको, मानिसहरूको मेलामा हराइरहेका, प्रेम, माया, मोहमा फसेको छ र माकुराझै“ स्वार्थी हुन पनि बाध्य  रहेको छ । यी र यस्ता यावत् कुराहरूलाई कविले यस कवितामा विषयवस्तुको रूपमा प्रस्तुत गरेको देखिन्छ ।
कवि सरण राईको ‘राजनीति’ शर्षिकको कविता राजनैतिक विषयवस्तुस“ग सम्बन्धित कविता हो । यस कवितामा कविले राजनीतिका सत् र असत् पक्षलाई विषयवस्तुको रूपमा प्रस्तुत गरेका छन् र हामीहरू राजनीतिको नाममा रिमोटकन्ट्रोलद्वारा सञ्चालित भएका र फोहोरी राजनीतिमा लागेका छौ“ भन्दै राजनीति स्वच्छ, कञ्चन, अडिक, निष्कपट, स्वार्थरहित, तरल र सबल हुनुपर्छ भन्ने भाव व्यक्त गरेको पाइन्छ  ≤
जस्तैः  टाउका टाउकामा टेकेर भ¥याङ उक्लन सक्नु
       आदर्श र सिद्धान्तको मकुन्डो भिरेर
       अवसरवादको भकुन्डो खेल्न सक्नु.
       .......................
       फोहोरी राजनीति हो— राजनीति ।
       .................................
       हिमालझै“ स्वच्छ, कञ्चन र अडिग
       निष्कपट, स्वार्थरहित, तरल तर सबल
        ..................
       प्रिय राजनीति हो— राजनीति
कवि सरण राईको ‘देशको मुटु’ कविता देशप्रेमलाई मुख्यरूपमा विषयवस्तु बनाइएको कविता हो । यस कवितामा देशलाई खोक्रो बनाउने, टुक्रा बनाउने र चुस्नेहरूको विरुद्ध देशभक्तहरू एक भएर आवाज उठाउ“छन् भन्ने कुरालाई विषयवस्तुको रूपमा प्रस्तुत गरेको देखिन्छ ।
 कवि सरण राईको ‘एउटा देशको कथा’शीर्षकको कविता देशप्रेमको  भावनाले ओतप्रोत भएको कविता हो । यस कवितामा एउटा देशको जनतालाई आक्रमणकारीहरूले आक्रमण गरेर लखेटे पनि उनीहरूमा देशप्रेम रहिरहेको  कुरा ≤ विषयवस्तुको रूपमा प्रस्तुत गरेका छन्   ≤
जस्तैः  आÏनो देशबाट अर्को देशमा लखेटिदै शरणार्थी भए
       अकल्पनीय दुःख, यातना, अत्याचारहरू सहदै गए
       तापनि
       त्यस देशका देशवासीहरूको हृदयमा
       उनीहरूको देश हराएन
यसरी यस कवितामा देशप्रेमलाई नै मूलतः विषयवस्तु बनाइएको देखिन्छ ।
‘तिमी र म’ शीर्षकको राईको अर्को कविता राजनीतिस“ग सम्बन्धित विषयवस्तु प्रस्तुत गरिएको कविता हो । यस कवितामा ‘तिमी’ पात्रले भ्रमको खेती गरेर माथि पुगेको र ‘म’ पात्र चाहि“ सधै“ जनताका निमित्त माटामै सङ्घर्ष गरिरहने कुरालाई विषयवस्तुको रूपमा प्रस्तुत गरेका छन् ।
कवि राईको कविता‘लिएर जाने के होला ?’ जीवनसत्यलाई ििवषयवस्तु बनाएर लेखिएको कविता हो । राईले यस कवितामा मान्छे जन्म“दा केही नलिई जन्मने  र मर्दा पनि केही नलाने कुरालाई विषयवस्तुको रूपमा रोचक ढङ्गले प्रस्तुत गर्ने प्रयास गरेका छन्  ≤
जस्तैः  के लिएर आएको थिए“
       लिएर जानुपर्ने के होला
       लिएर जान सकिने के होला
       सबथोक यही“ थियो
       मेरो हो भन्ने भ्रम पालियो
       साथी
       अझै मलाई भ्रान्ति छ
       आखिर, लिएर जाने के होला ?
सरण राईको ‘प्रस्तावित राष्ट्रिय गान’ मा देशभक्तिपूर्ण भावनाहरू प्रस्तुत भएका देखिन्छन् । यस कवितामा देशभक्तिको भावना नै मुख्य विषयवस्तुका रूपमा रहेको देखिन्छ ।
कविताको मुख्य तŒव भाव हो जुन भावबिना कविताको कल्पना पनि गर्न सकिन्न । राईका प्रत्येक कविताहरूमा कुनै न कुनै भाव रहेको पाइन्छ । राईको ‘हामी लहर हौ“’ कवितामा नेपालीहरू देशभक्त रहेका छन् भन्ने विचार तथा देशका लागि मर्न पनि तयार छन् जस्ता विषयहरू प्रकाश गरिएका छन्  ≤
जस्तैः    श्रद्धा मुटुभित्र
         नेपाल हाम्रो पुण्यभूमि हो
         प्राण हाम्रो पुण्यभूमिमा चढाइने पूmल
यसरी यस कवितामा देशभक्तिको भावना प्रस्तुत गर्नु नै यस कविताको मुख्य भाव रहेको देखिन्छ ।
 ‘कसिएको मुठ्ठी हाम्रो हो’ कवितामा कविले नेपालीहरू बहादुर छन् भन्ने कुरा देखाउन खोजेको पाइएको छ । यसमा नेपालीहरू आÏनो देशका लागि इतिहासदेखि लड्दै आएका र भविष्यसम्म लडिरहने क्षमताका धनी छन् भन्ने करा मुख्य भावको रूपमा देखाउन खोजिएको देखिन्छ ।
‘देशको मुटु’ कवितामा कवि राईले आज देश टुक्राटुक्रा भएको छ भन्दै देशमा रहेका कुशासकहरूले देशलाई चुसेर खोक्रो बनाएका छन् भन्दै जनतालाई दुःख दिएका विषयहरू एकदिन सबै नेपालीहरू एकभई राष्ट्रको उन्नति र प्रगति गर्ने कुरामा एक दृष्टि लगाएको पाइन्छ  ≤


सरण राईको ‘मृत्यु बाटाभरि फुलिरहने हुन्छ’ नामक कवितामा मृत्युको आगमन बारेमा सुन्दर बहस गरेका छन ≤ पर्खिएर बस्दाबस्दै मृत्यु आउने छ भनेका छन  ≤
जस्तैः  पथिक, नझुक मृत्यु टिप्न यात्रामा
       नरोकिर्इं बढिरहू अगाडि जीवन पथमा
       किनकि मृत्यु तिम्रालागि बाटाभरि सधैं फुलिरहने हुन्छ ।
सरण राईका कविताहरूमा विशेष गरी तल्लोवर्गका र विभिन्न कारणबाट शोषित पीडित मानिसहरूप्रति विशेष सहानुभूति प्रकट गर्दै उनीहरूलाई जागरुक गराउने प्रयास गरिएको पाइन्छ ।
लयविधानका आधारमा राईका कविताहरू हेर्दा उनका कविता मूलतः मुक्तलयमा रचिएका पाइन्छन् । राईका प्रायः सबै कविताहरू देशप्रेमको भावनाले ओतप्रोत भएका पाइन्छन् । उनका कविताहरू वीररसले भरिएका ओजगुणयुक्त पनि देखिन्छन् । देशप्रेम, मानवतावाद, स्वतन्त्रता, समानता र भ्रातृत्व उनका कवितामा पाइने ध्वनि रहेको देखिन्छ । शीर्षकीकरणका आधारमा हेर्दा राईका सबै कविताका शीर्षकहरू अभिधेयात्मक रूपमा आएका देखिन्छन् । उनको ‘लिएर जाने के होला ?’ कविताको शीर्षक प्रश्नात्मक रूपमा चयन गरिएको देखिएको छ । कथनपद्धतिका आधारमा राईका कविताहरू हेर्दा प्रथमपुरुष कथनपद्धति र तृतीयपुरुष कथनपद्धति दुवैको प्रयोग गरिएको पाइन्छ ।
यी कविताको आधारमा राईका कवितामा भाव अहिलेको मानवचेतना र समयस“गको नजिक रहने निरीक्षण क्षमताको उपलब्धि सम्प्रेषण गर्नु हो । यी रचनामा समयका आधारमा मानवले भोगेको कष्ट र सांसारिक व्यस्ततामाथि राईले टीठलाग्दो व्यङ्ग गरेका छन् ।
            सरण राईको जीवनी, व्यक्तित्व र कृतित्व— एक अध्ययन
अप्रकाशित (त्रिभुवन विश्वविद्यालय, मानविकी र सामाजिकशास्त्र सङ्कायअन्तर्गत महेन्द्र वहुमुखी क्याम्पस धरान, नेपाली विभागको स्नातकोत्तर तह दोस्रो वर्षको दसौ“ पत्रको प्रयोजनार्थ प्रस्तुत शोधपत्र ) बाट

Monday, December 2, 2013

सरण राईका प्रकाशित कृतिहरु
१. केही कथा केहि कविताहरु (सहलेखन ) -२०३८
२.साथी ( निबन्ध सङ्ग्रह )- २०६४ प्रकाशक : बिहानी प्रकाशन सहकारी संस्था लि.
३. मानव संसार ( उपन्यास )-२०६५ प्रकाशक : उपयोगी प्रकाशन
४. अन्तिम स्वीकारोक्ति  (कथा सङ्ग्रह ) - २०६६ प्रकाशक : साझा प्रकाशन
५.उडान युवा मनको (उपन्यास ) - २०६९ ( इन्टरनेटमा मात्र प्रकाशित ) प्रकाशक :
 https://saran-rai.blogspot.com/
६.ओइलिने फूल (कविता सङ्ग्रह) -प्रकाशक : नयाँ साहित्य
( https://www.facebook,com/ groups/litraturenew/ )